सिन्धुली ,१३ कार्तिक– सिन्धुलीमा सोमबार थप ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा दुधौली नगरपालिका ६ जना र कमलामाई नगरपालिकाका १ जना रहेका छन् ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीका अनुसार दुधौली नगरपालिकाका थप ४ पुरुष र २ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिकामा पनि १ पुरुषमा डेंगु संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या १८२ पुगेको छ ।
यस्तै सोमबार दुधौली नगरपालिकाका थप १ महिला र १ पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा स्क्रब टाइफसको संक्रमण हुनेको संख्या १६७ पुगेको उहाँले जानकारी दिनुभयो । डेंगु र स्क्रब टाइफसको संक्रमण सबै भन्दा बढी दुधौली नगरपालिकामा देखिएको छ ।