शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा स्क्रव टाइफसका बिरामी बढ्दै

बुधवार , आश्विन ९, २०८१

सिन्धुली – सिन्धुलीमा स्क्रव टाइफसका बिरामी बढेका छन् । मंगलवार थप ३ जनामा संक्रमण भएको फेला परेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीका अनुसार मंगलवार दुधौली नगरपालिकाका २ महिला र तिनपाटन गाउँपालिकामा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हाल सम्म ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा सबै भन्दा बढी दुधौली नगरपालिकामा ३१ जना संक्रमित भएका छन् । तिनपाटन गाउँपालिकामा १२, कमलामाई नगरपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा ३, मरिण गाउँपालिकामा १ र गोलञ्जोर गाउँपालिकामा १ जना रहेका छन ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ ।

मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । स्क्रब टाइफसका लक्षण डेंगुको जस्तै भए पनि यो रोग डेंगु भन्दा ३० गुणा बादी घातक रोग हो । समयमै यसको उपचार नगरेमा मानिसको ज्यान पनि जान सक्छ ।

डेंगुको जस्तै स्क्रब टाइफस विरुद्ध कुनै खोप छैन । त्यसैले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस संक्रमित माइटस को टोकाई बाट बच्नु हो । यी माइट्सहरु स साना बोट बिरुवाहरुको झाडी तिर र यस्ता झाडी तिर बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनुपर्छ । यदि घरबाट बाहिर यस्ता ठाउँहरू मा काम गर्नुपर्छ भने, माइट्स निवारक स्प्रे प्रयोग गर्नुपर्छ ।

धेरै ज्वरो आउने (१०४ भन्दा माथि ), टाउको दुख्ने, जिउ गल्ने, मांसपेशी दुख्ने, शरीरमा बिबिराहरू देखिने, टोकेको ठाउँमा कालो दाग देखिने जस्ता स्क्रब टाइफसका लक्षण हुन् ।

प्रतिक्रिया