शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा पत्थरीको शल्यक्रिया सफल

बुधवार , श्रावण ९, २०८१

सिन्धुली – सिन्धुली अस्पतालमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया गरिएको छ । सोमबार एक बिरामीको पित्तथैलीमा रहेको पत्थरीको दुर्बिन प्रयोग गरी शल्यक्रिया गरिएको हो ।

जानकी मेडिकल कलेज जनकपुर अस्पतालका डा. शशी शेखर अधिकारीको नेतृत्वमा डा. विनयकुमार चौधरी र डा. दिन्जुल कटुवाल सहितको टोलीले सोमबार एक बिरामीको दुर्बिन प्रविधिबाट गरेको शल्यक्रिया जिल्लामै पहिलो भएको अस्पतालले जनाएको छ ।

सोही टोलीले सिन्धुली अस्पतालमा एपेन्डिसाइटिसका बिरामीको पनि दुर्बिनको प्रयोग गरेर सेवा प्रदान गरिने डा. दिन्जुल कटुवालेले जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालमा दुर्विन प्रयोग गरिएको पहिलो अप्रेसन सफल भएको र आगामी दिनमा सिन्धुलीमा नै पित्त थैलीमा पत्थरी र एपेन्डिसाइटिसका बिरामी हरूको अप्रेसन गर्न सकिने कटुवाल ले जानकारी दिनुभयो । अब बिमारीलाई काठमाडौं र धुलिखेल जानुपर्ने बाध्यतामा अन्त्य गरिने डा. कटुवाले बताउनु भयो ।

डा. कटुवालले  सिन्धुली अस् पतालमा दुर्बिन प्रविधिबाट पत्थरीको  साथै  शुरुकै  अवस् थाको  एपे न्डिक्स र हर्नियाको  पनि शल्यक्रिया गर्न सकिने  बताउनुभयो  । ल्याप्रोस्कोपीजन्य उपचारपछि चाँडै  घर वा काममा फर्किन मिल्ने , कम पीडा र तुलनात्मकरुपमा कम संक्रमण हुने  हुँदा अस् पतालहरुले  यो  प्रविधिलाई महत्व दिन थाले का छन । ध रै  दाग नदे खिने  तथा छिटो  शल्यक्रिया हुने  भएकाले  बिरामीहरु समे त यो  प्रविधिबाट गरिने  उपचारका लागि तयार हुने  गरे का छन । पे टमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डो स् को प (दूर्बिन) को  मद्दतले  तल्लो  पे टका भित्री अंगहरुको  समस्या हेर्ने  विधिलाई ल्याप्रो स् को पी भनिन्छ ।

प्रतिक्रिया