शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका बालबालिकालाई आईपिभी खोप लगाईदैं

सोमवार , जेठ १४, २०८१

सिन्धुली – सिन्धुलीमा पोलियो रोगविरुद्धको आईपिभी खोप अभियान जेठ २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । जिल्लाका नौँ वटै पालिकामा एकै पटक सञ्चालन गरिने भएको हो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका तर समयमै आईपिभी खोप लगाउन छुट भएका सबै बालबालिकाहरूका लागि बृहत खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो ।

नेपालमा आईपिभी खोप सेवा २०७१ असोज महिनादेखि शुरु भएको थियो तर २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । आईपिभी खोप अभाव भएको समयमा यो खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने हुँदा छुट भएका ति बालबालिकालाई आईपिभी खोप दिन जरुरी भएको हो ।

पोलियो रोगबाट बर्षेनी धेरै बालबालिकाको मृत्यु हुने गरेकोले आईपिभी खोप सुरुवात गरिएको जनस्वास्थ्य कार्यालयका, सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले बताउनुभयो । “पोलियो बिरुद्धको आईपिभी खोप एकबर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको माध्यमबाट विगत लामो समयदेखि दिइदै आएको छ । त्यसैगरी यो रोग विरुद्धको अर्को खोप आइपिभी २०७१ सालबाट प्रदान गर्न सूरु गरियो । तर २०७३ सालको प्रारम्भबाट विश्व बजारमा यो खोपको अभाव भएर आपुर्ति भएन । दुई बर्ष भन्दा बढी यो खोप लगाउन बाट बालबालिका बन्चित भए । ती बालबालिका पोलियो रोगको जोखिममा रहिरहने भएकोेले आइपिभी खोप अभियान सन्चालन गरिएको हो ।” अधिकृत पन्तले भन्नुभयो ।

आइपिभी खोप दिने बालबालिकाको उमेर समुह २०७३ साल वैशाख देखि २०७५ असोज सम्म जन्मीएका बालबालिकालाई निर्धारण गरिएको उहाँले बताउनुभयो । हाल साढेँ ५ बर्ष देखि ८ बर्षका बालकालिकालाई मात्रै खोप दिइने छ ।

जिल्लामा आइपिभी खोप अभियानको लक्षित जनसंख्या १५ हजार ८ सय ४० जना रहेको अधिकृत पन्तले जानकारी दिनुभयो । जिल्लाभर एकैपटक सन्चालन गरिने खोप अभियानमा आइपिभी खोप केन्द्र संख्या ६ सय ५८ तोकिएकोमा विद्यालयमा खोप केन्द्र ५ सय ७३ र स्वास्थ्य संस्थामा ८५ स्थानमा तोकिएको अधिकृत पन्तले बताउनु भयो । सो अभियानमा जिल्लाभर ६ सय ५८ जना स्वास्थ्यकर्मी खटाइने छन् ।

प्रतिक्रिया