सिन्धुली – राष्ट्रिय संगीतकर्मी संघ सिन्धुलीको अध्यक्षमा प्रीन्स राज पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । संघको बिहिबार काठमाडौंमा आयोजित ८ औं बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिबेशनले प्रीन्स राजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिबेशनले संघको वरिष्ठ उपाध्यक्षमा शिशिर बुढाथोकी, उपाध्यक्षमा बाबुराम भट्टराई, महिला उपाध्यक्षमा रन्जिता शंकरलाई चयन गरेको छ । त्यस्तै सचिवमा राजिब सुनुवार, कोषाध्यक्षमा हृदय बिश्वकर्मा लगायत २१ सदस्यीय कार्यसमिती चयन गरिएको नबनिर्वाचित अध्यक्ष प्रीन्सराज पौडेलले ‘ जानकारी दिनुभयो ।
राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रकाश कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट चयन भएको नेतृत्व तथा समितीले संगीतकर्ममा रहेका ब्यक्तिहरुको हकहितका पक्षमा काम गर्ने बिश्वास लिएको कार्यक्रममा प्रमुख अतिथि कटुवालले बताउनुभयो ।
राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय सल्लाहकार राजेश मास्के, नारायण सापकोटा लगायतको उपस्थितिमा टप राजधानी रोधी क्लब, ठमेलमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्दै सल्लाहकार समिती सदस्य मास्केले कलाकारहरु लाई कसैका गहनाका रूपमा नभई राज्यको अभिन्न अंगको रूपमा लिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।