सिन्धुली – सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । यसै अनुरुप सिन्धुलीमा पनि २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर “दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापालाई खोपको खोप सामाग्री हस्तान्तरण गर्दै दादुरा–रुवेला खोप अभियानको मंगलवार औपचारिक रुपमा शुभारम्भ गर्नु भएको हो ।
सिन्धुलीमा १५ गते देखि १९ गतेसम्म दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो । जिल्लाका २१ हजार चौहत्तर बालबालिका दादुरा–रुवेला बिरुद्धको खोप लगाउने अभियान विभिन्न स्थानिय तहका तिन सय ४७ खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने जानकारी गराउदै निरिक्षक पन्तले जिल्लाका ९ वटै स्थानिय तहका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सञ्चालन हुनेछन ।
जिल्लाभर एकैसाथ १९ गतेसम्म संचालन हुने खोप अभियानमा ३४७ जना स्वास्थकर्मी र ६९४ जना स्वयंसेवक परिचालन हुनेछन ।