शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

खेति योग्य जमिनको सदुपयोग गर

सोमवार , आश्विन १५, २०८०

२०७८ को जनगणना अनुसार सिन्धुलीमा कृषि पेशा अंगालेर जिवनयापन गर्नेको संख्या ठूलो छ । यहाँका आधा प्रतिशत नागरिकहरु अझैपनि कृषि पेशामा नै आश्रित छन् । जिल्लामा उद्योगधन्दा र कलकारखाना स्थापना हुन सकेको छैन । विकास बिस्तारै भएपनि कृषिको अवस्था पनि उस्तै त छैन यद्यपि जसरी विकास हुनुपर्ने थियो कृषिमा त्यो हिसावले भने हुन सकेको छैन । कृषिमा नेपालभन्दा निकै पछाडि रहेका बिश्वका कतिपय देशहरुले निकै फड्को मारिसकेका छन् हामी नेपाली भने फालानाले यसो गर्यो उसो गर्यो भन्दै अर्काको कुरा काट्दै अनि कृषि प्रधान देशको रटान मात्रै लगाएर बसिरहेका छौं ।

हिजोका तुलनामा आज कृषिमा धेरै परिवर्तन आएको छ तैपनि कृषकहरुको जीवनस्तर भने फेरिन सकेको छैन र नेपाल खाद्यान्नमा परनिर्भर बन्दै गइरहेको छ ।परनिर्भरको अवस्था एकदमै डरलाग्दो छ । कृषिमा आश्रित नेपालीहरुले आधा अर्ब भन्दा बढी धान आयात गरेर छाक टार्न पर्ने अवस्था छ । त्यसो त नेपालको जनसंख्या २०७८ का अनुसार नेपालका कृषकहरुको मुख्यबाली पनि धान नै हो ।धान उत्पादन हुँँदै गर्दा त धान आयातको अवस्था डरलाग्दो छ भने अबको केही वर्षपछि अथवा एक पुस्तापछि त नेपाल खाद्यान्नमा पूरै परनिर्भर हुनेछ । अन्न भण्डार भनिएका तराई मधेसका खेत समेत बाँझिन थालेका छन् । पहाडका कुनाकाप्चा त यसैपनि बाँझिएका नै छन् अब मधेसका समथर भाग पनि बाझिएपछि भने नेपाल खाद्यान्नमा परनिर्भर हुने नै भयो । त्यसैले अब कृषिमा आमुल आधुनीकरण आवश्यक छ । अतः खेतियोग्य जमिनको सदुपयोग र कृषि क्षेत्रमो विकास आजको आवश्यकता हो ।

प्रतिक्रिया