शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अवैद्य क्रियाकलापलाई निरुत्साहित पार

आइतवार , आश्विन ७, २०८०

वर्षातको समयमा बाढी, पहिरो तथा भूक्षयको कारण आउने जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन, बिक्री तथा ओसारपसारमा स्थानिय तहले रोक लगाएका छन् । तर, जिल्लामा नदिजन्य पदार्थ उत्खनन् भने रोकिएको छैन । सिन्धुली हुँदै बग्ने खोलाहरुमा एक्साभेटरनै प्रयोग गरि बालुवा उत्खनन् भइरहेको स्थानियले बताएका छन् । यतिसम्मकि राजमार्ग आसपासका नदिहरुमा दिउँसै ट्रयाक्टरमा ढुंगा र बालुवा लोड गरेको दृश्य समेत जिल्लामा देख्न सकिन्छ । स्थानिय तहले नदिजन्य पदार्थमा रोक लगाएपनि निश्चित व्यक्ति र समूहलाई भने उक्त बन्देजले कुनैपनि असर पारेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी पाएसम्म सवारीलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समितिलाई पत्र लेखि आवश्यक कार्वाहीकोलागि पठाउने गरेको छ । तर, त्यसपछिको अनुसन्धान र कार्वाहीको प्रक्रियाप्रति स्थानियले शंका व्यक्त गर्ने गरेका छन् । तसर्थ, जिल्लामा अवैद्य क्रियाकलापलाई निरुत्साहित पार्न जिम्मेवार निकायले गम्भिर भई कानुनि कार्वाही अघि बढाउन चासो देखाउनुपर्ने आवश्यक छ ।

जिल्लामा विभिन्न योजनाकालागि भनेर संचालनमा रहेका क्रसरहरुले अवैद्य रुपमा नदिजन्य पदार्थ उत्खनन गरेको आरोप लाग्दै आएको छ । त्यस्तै, केन्द्र र प्रदेश सरकार मातहतका कार्यालयले दहत्तरबहत्तर शुल्क उठाउन स्थानिय तहलाई असहयोग गरेको स्थानिय सरकारको गुनासो छ । जिल्लामा नदिजन्य पदार्थमा भइरहेको आर्थिक अनियमितताप्रति सम्बन्धित निकाय चनाखो नहुँदा लाखौँ मूल्यका प्राकृतिक श्रोत, साधन कौडीको भाउमा वित्रि भइरहेको अवस्थ छ । तसर्थ, नदिजन्य पदार्थको अवैद्य उत्खनन् र आर्थिक अनियमितताप्रति जिम्मेवार निकाय सचेत हुन जरुरी छ । अतः नदिजन्य पदार्थको उत्खनन् रोक्न स्थानिय सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय गम्भिर हुनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया