शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

चाडपर्व लक्षित योजना ल्याऊ

आइतवार , भाद्र ३१, २०८०

हिन्दु धर्मावलम्वीको महान चाड दशैं, तिहार र छठ आउन एक महिनापनि बाँकी छैन । दशैँ नजिकिएसँगै बजारमा चहलपहल शुरु भएको छ । चाडपर्वको समय भएकाले एकपछि अर्को चाडपर्व आइरहेको छ । चाडपर्वको महिनामा ठूलो रकमको कारोबार हुने गर्दछ । यो समयमा उपभोक्ताको खर्च बढ्नेसँगै व्यापारी तथा व्यवसायीको कारोबारपनि वृद्धि हुने गर्दछ । नियमनकारी निकायले अनुगमन तथा निगरानि नगर्ने हो भने चाडपर्वमा कालो बजारी, मुल्यवृद्धि लगायत गुणस्तरहिन सामाग्रीको बिग्बिगी बढ्ने निश्चित हो । त्यसेले, जिल्लाका स्थानिय तहले बजार र निगरानि बढाउनतर्फ गम्भिर हुनुपर्ने देखिन्छ । चाडपर्व लक्षित योजनाहरु संचालन गरि उपभोक्ताको अधिकारको संरक्षण गर्नतर्फ जिम्मेवार निकाय सचेत हुन जरुरी छ । अघिल्लो वर्षमा जस्ते दशैं आउन केहि दिन बाँकी रहदा जिल्लाका उपभेक्ताहरुलाई मुल्यवृद्धि र कालोबजारीको सिकार हुन नदिन सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ ।

चाडपर्वमा यातायातदेखि बजार, नागरिकको सुरक्षा लगायत विविध पक्षलाई मध्यनजर गर्दे धधध जिल्लाको नेतृत्वले गृहकार्य गर्न आवश्यक छ । तसर्थ, जिल्लाका स्थानिय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायत सुरक्षा निकायले चाडपर्व लक्षित योजना संचालनको पुर्वतयारी गर्नतर्फ विशेष ध्यान दिन जरुरी छ । अतः चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने वातावरण सिर्जना गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया