शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

पुर्वाधार निर्माणमा खेलाची नगर

बुधवार , भाद्र २७, २०८०

सिन्धुलीमा स्थानिय तह, प्रदेश र केन्द्र सरकारका विकासे कार्यालयहरुले वर्षेनि करोडौँको भौतिक पुर्वाधार निर्माण गरिरहेको छ । भौतिक पुर्वाधार भन्नाले सडक, भवन, पर्खाल लगायतका विभिन्न पुर्वाधारहरुको निर्माणलाई बुझाउँछ । भौतिक पुर्वाधार निर्माणले जिल्लाको विकास र समृद्धिलाई झल्काउँछ । तर, जिल्लामा राज्यको लगानीमा निर्माण गरिएको भौतिक पुर्वाधार गुणस्तर र दीर्घकालिन छैनन् ।

भौतिक पुर्वाधारंं निर्माण गर्दा निश्चित मापदण्डको आधारमा रही गनुपर्ने हुन्छ । एउटा विकासले अर्काे कुरामा अवरोध वा बाधा नपुर्‍याओस भन्ने कुरामा ध्यान दिन आवश्यक हुन्छ । केही ठूला योजनाहरु निर्माण गर्दा नेपाल सरकारको मापदण्डका आधारमा वातावरणीय प्रभाव मुल्यांकन गरिन्छ । किनकी त्यसले भविष्यमा समस्या सिर्जना नगरोस् । त्यस्तै सामान्य किसिमका भौतिक संंरचना निर्माण अघि पनि सरकारकै मापदण्डको आधारमा रही प्राविधिकको सल्लाह र रहोबरमा कार्य गरिन्छ । यसरी गरिएका भौतिक पुर्वाधार निर्माणहरु दिगो हुन्छन र समस्या उत्पन्न गर्ने खालका हुदैनन् । तर केही भौतिक पुर्वाधारहरु भने योजना बिना नै निर्माण गरिन्छन, जसले समस्या सिर्जना गर्ने गर्दछन ।

निश्चित योजना नै नबनाई जथाभावी रुपमा विकास गर्ने भन्दै गरीने क्रियाकलापले अन्तमा नागरिकलाई नै हानी गर्छ । त्यस्ता योजनाहरु पास गर्ने प्राविधिकहरुले पनि त्यसको समस्याको बारेमा बुझी त्यस्ता भौतिक पुर्वाधारहरुको निर्माणमा रोक लगाउनुपर्दछ । नागरिकको सहजताका लागी गरिने कार्यले नागरिकलाई नै असहज बनाउछ भने त्यस्तो कार्य नहुनु नै उपयुक्त हुन्छ । नागरिकको हितका लागी गरिने कार्यलाई प्रोत्साहन दिई समस्याग्रस्त स्थानमा समाधानको बाटो देखाउनु नगरपालिकाको दायित्व हुन आउछ । अतः योजना बिनाका भौतिक पुर्वाधारहरुले भविष्यमा खतरा निम्त्याउने हुँदा निर्माण अगाडी नै निश्चित योजना बनाई भविष्यमा पर्न जाने असरको अवस्था हेरी कार्य प्रकृया सुरु गर्नुपर्दछ ।

प्रतिक्रिया