शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बजेटकोलागि पहल गर

सोमवार , भाद्र २५, २०८०

चालु आर्थिक वर्ष शुरु भएको डेढ महिना बढि बितिसक्दापनि केन्द्र सरकारले जिल्लामा बजेट पठाएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपरजोन परियोजना कार्यान्वयन इकाईमा बजेट चालु आर्थिक वर्षकालागि बजेट नआउँदा विषादि लगायत किरा नियन्त्रणकालागि आवश्यक सामाग्री खरिद गर्न समस्या देखिएको छ । यस वर्ष सिन्धुलीबाट ५० करोड रुपैँयाको जुनार बिक्री गर्ने लक्ष्य लिएपनि विभिन्न किराको प्रकोपले गर्दा लक्ष्य प्राप्ति गर्न कठिनाई हुने देखिन्छ ।

एकतर्फ किराको प्रकोप र अर्कोतर्फ बजेट नहुँदा परियोजनाका कर्मचारीले उदारोमा सामाग्री खरिद गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिन्धुलीलाई जुनारको जिल्ला भनेर चिनिन्छ । तर, जुनार कृषकले विभिन्न समस्यासँग जुध्नुपरिरहेको छ । वर्षेनि नयाँनयाँ किराको प्रकोपले गर्दा जुनार उत्पादनमा ह्रास आएको छ भने राज्यले पनि समयमै बजेट उपलब्ध नगराउँदा समस्या विकराल हुदैँ गएको कृषकको गुनासो छ । किराको प्रकोपले गर्दा हरियोमै जुनार बिक्रि गर्न कृषक बाध्य छन् । सिन्धुलीलाई जुनारको पर्यावाची भनेर चिनिन्छ । तर, जुनारको गुणस्तर कायम गर्न राज्य उदासिन देखिएको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले संचारमाध्यममा देखिन विभिन्न विषय उठान गर्दै आएका छन् । तर, आफू निर्वाचित भएको जिल्लालाई चिनाउने फल फलाउने कृषकको समस्याको चांग हुँदापनि जनप्रतिनिधि मौन देखिनु दुखद हो । तसर्थ, अबको केहि महिनामै जुनार पाक्ने हुँदा जुनारमा देखिएका प्रकोप नियन्त्रणकालागि राज्यबाट बजेट उपलब्ध गराउन यहाँका जनप्रतिनिधिले यथाशिघ्रपहल गर्न जरुरी छ । त्यसैगरि, जिल्लाका स्थानिय तहले पनि जुनार खेतिलाई व्यवस्थित बनाउन विशेष जोड दिन आवश्यक छ । अतः बजेट अभावमा कृषकको मिहिनेत खेर जान नदिन जिम्मेवार निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया