शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यात्रुको समस्या बुझ

आइतवार , भाद्र १७, २०८०

सिन्धुलीमा सार्वजनिक यातायातमा यात्रु ठगिएको गुनासो बढ्दो छ । जिल्लाभित्र संचालनमा रहेका सार्वजनिक सवारीसाधनले मनपरि भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । नजिक तथा टाढाको दुरीका केहि सवारीसाधनले यात्रुलाई हेरेर आफुखुशी भाडा लिने गरेका छन् । ग्रामीण सडकमा यात्रा गर्नुको जोखिम एकातिर छ भने चर्को भाडादरबाट यात्रु पिडित बनेको अवस्था छ । जिल्लाका ग्रामीण सडकमा खाल्डाखुल्डी र कच्ची बाटोले गर्दा यात्रा गर्न जोखिमयुक्त छ । त्यस्तै, यात्रुवाहक सवारीसाधनमात्र नभएर मालवाहक गाडीहरुले समेत महंगो भाडा लिइरहेका छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने यात्रुहरूको बाध्यता हो । भाडा दरको कुरा उठाउँदा सहचालकले बिच बाटोमै ओराल्दिने लगायत दुर्व्यवहार गरेको यात्रुको गुनासो छ । यात्रुको बाध्यताको फाईदा लुट्न खोज्नेलाई कार्वाहीको दायरामा ल्याउन नियमनकारी निकाय चनाखो हुनुपर्ने देखिन्छ । यातायात व्यवसायी पनि विविध कारणले पिडामा छन् । तर, व्यवसायीक असफलताको रिस यात्रुमाथि पोख्नु गैरकानुनि कदम हो । तसर्थ, यातायात व्यवसायसँग आबद्ध संघ,संस्था लगायत राज्यको संयन्त्रले व्यवासायीको समस्याको समाधान गर्दै सार्वजनिक यातायातमा देखिएकने बेथितिको अन्त्य गर्न गम्भीर हुनुपर्दछ । अतः सिन्धुलीमा सार्वजनिक यातायातबाट पिडित यात्रुहरूलाई तोकिएको भाडा दरमा यात्रा गर्ने वातावरण बनाउनतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्दछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया