शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको जोखिमयुक्त ग्रामीण सडक

शनिवार , भाद्र १६, २०८०

सिन्धुलीका ग्रामीण सडकहरुको अवस्था निकैनै जोखिमयुक्त रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुकालागि ओहरदोहर गर्ने सडकको बिग्रदो अवस्थाले सधैँ पिरोल्ने गरेको छ । ग्रामीण क्षेत्रमा सडक संजाल पुगेको त छ, तर यात्रा गर्न डरमर्दो छ । साँघुरो बाटो, कच्ची र हिलाम्य सडकले गर्दा ग्रामीण सडक असुरक्षित बन्दै गएको छ । जिल्लाका स्थानीय तहले पूर्वाधारको बढी रकम ग्रामीण सडकको निर्माणमा खर्च गरेपनि गुणस्तरीयतामा सधैँ गुनासो आउने गरेको छ । सडक निर्माण पश्चात् मर्मतमा देखिएको कञ्जुस्याँईले पनि राज्यको सम्पत्ति बालुवामा पानी हाले सरह भएको छ । वर्षातको समयमा हिलाम्मय हुने सडक अन्य मौसममा भने धुलोले गर्दा यात्रा गर्न जोखिम हुने गर्दछ । जिल्लाका ग्रामीण सडकले ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्‍याएपनि सडक जोखिमपुर्ण हुँदा यात्रा गर्न सधैँ समस्या हुने गरेको छ ।

जिल्लाका ग्रामीण सडकमा दुर्घट्ना हुँदा धेरै मानविय क्षति भएको छ । तिव्र गति, क्षमता भन्दा बढि यात्रु र मालसामान बोक्नाले लगायत सडकको बिग्रदो अवस्थाले दुर्घट्ना हुने गरेको छ । सडक दुर्घट्नाका कारण जिल्लामा मानविय क्षति दिनानुदिन बढिरहेको छ । जिल्लामा सडक दुर्घट्ना मुख्य समस्या बन्दै गएको छ । तसर्थ, सरोकारवाला निकायले सडक दुर्घट्नाको कारणहरुलाई नजरअन्दाज नगरी नियन्त्रण गर्नतर्फ ध्यान दिन आवश्यक छ । क्षमता भन्दा बढि यात्रु बोक्दा पनि दुर्घट्ना धेरै हुने गरेको छ । त्यसैले, जिल्लामा ट्राफिक प्रहरीले थप कडाई गर्न आवश्यक छ । अतः ग्रामीण सडक लगायत अन्य सडकमा दुर्घट्ना न्युनिकरण गर्न र जोखिम हटाउन स्थानिय सरकार लगायत सम्बन्धित निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया