शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा युवा लक्षित कार्यक्रम ल्याऊ

शुक्रवार , भाद्र १५, २०८०

माध्यमिक तहको पढाई सकेर विद्यार्थीहरु उच्च शिक्षा अध्ययनकालागि तयारी गरिरहेका छन् । +२ सकेपछि छ महिनाको विश्राम पाएका विद्याथीहरु के पढ्ने, कहाँ पढ्ने र कस्ता जनशक्तिको बजारमा आवश्यकता छ भन्नेमा अन्यौल छन् । काठमाडौँ, पोखरा, हेटौँडा लगायत विभिन्न जिल्लामा +२ अध्ययन गरेका विद्यार्थी अहिले जिल्लामै छन् । ती विद्यार्थीलाई लक्षित गरि सिन्धुलीका स्थानिय, प्रदेश र केन्द्र सरकार, सार्वजनिक संघ, संस्थाले कुनै पनि योजना बनाउन सकेका छैनन् ।

विद्यार्थी मात्र नभएर युवा उद्यमि, व्यवसायी लगायत बेराजोगरलाई जिल्लाका सरोकारवाला निकायले नजरअन्दाज गरेको अवस्था छ । प्राविधक शिक्षा तथा व्यवसायिक तालिमबाट युवालाई दक्ष बनाउन सके हरेक दिन सिन्धुलीबाट दर्जनौँ युवा विदेशिनुपर्ने बाध्यता हट्ने छ । त्यसैगरि, बेरोजगार भएर लागुऔषधमा फसेका युवाहरुकालागि पनि सिपमुलक कार्यक्रमहरु प्रवभाकारी हुने देखिन्छ । सूचना प्रविधि (आईटि) को युगमा सूचन, प्रविधि सम्बन्धि ज्ञान दिने कार्यक्रम संचालन गर्नतर्फ स्थानिय सरकारदेखि सरोकारवाला निकायले कञ्जुस्याईँ गर्नुहुदैँन ।

युवालाई सिपमुलक कार्यक्रममा आबद्ध गराएर समृद्ध सिन्धुली, सुखि सिन्धुलीवासि बनाउनतर्फ राज्यको संयन्त्र गम्भिर हुनुपर्ने देखिन्छ । युवाकालागि भन्दै वर्षेनि करोडौँ खर्च भएपनि जिल्लामा युवाको क्षेत्रमा सन्तोषजनक उपलब्धि देखिएको छैन । तसर्थ, शिक्षा, खेल, रोजगारी र युवाको समग्र भविष्यलाई केन्द्रमा राखेर जिम्मेवार निकायले उपलब्धिमुलक कार्यक्रम संचालनमा ल्याउन ढिलाई गर्नुहुैँन ।

प्रतिक्रिया