शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा उत्पादनमुलक क्षेत्रमा लगानि गर

आइतवार , भाद्र १०, २०८०

सिन्धुलीमा उत्पादनमुलक क्षेत्रमा भन्दा पनि अनुत्पादक क्षेत्रमा राज्यको खर्च भईरहेको तथ्यांकले देखाएको छ । राज्यले संचालन गरेका कार्यक्रमहरू प्रभावकारी नभएको र उद्धेश्य प्राप्ति भन्दा पनि बजेट खर्चकालागीमात्र कार्यक्रम संचालनमा रहेको तथ्यहरूले देखाउँछ । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागी चार वर्षको अवधिमा झण्डै एक अर्ब रूपैँया बराबरको खर्च भईसकको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन गरिएको क्रियाकलाप अनुत्पादक क्षेत्रमै सिमित भएको छ । जिल्लाका स्थानिय तहले राजमार्ग बडाल्न, सरसफाई लगायत न्युनतम ज्याला मजदुरीका कामकालागि करोडौँ रूपैँया खर्च गरेको अवस्था छ । संघीय सरकारले उपलब्ध गराउने उक्त बजेटमा अनफन्त र कार्यकर्ताको भरणपोषण हुने गरेको स्थानियले गुनासो गरेका छन् । राज्यको लगानिलाई सदुपयोग गर्न स्थानिय सरकार गम्भीर नभएको देखिएकाले स्थानिय तहका कर्मचारी र जनप्रितिनिधिले गुरूयोजना बनाएर अघि बढ्न जरूरी छ ।

बर्षेनि सिन्धुलीबाट हजारौँ युवाहरू रोजगारीको सिलसिलामा विदेशिने गरेका छन् । जिल्लामा उत्पादनमुलक क्षेत्रमा राज्यको संयन्त्रले लगानि नगर्दा बेरोजगारीको दिर्घकालिन समाधान हुन सकेको छैन । कलकारखाना स्थापनाकालागि जनप्रतिनिधिको चेत नपलाउँदा यहाँकै कच्चा पदार्थबाट अन्य जिल्लाका सर्वसाधरणले मनग्य आम्दानी गरिरहेका छन् भने यहाँका सर्वसाधरण रोजगारीकोलागि विदेश धाउनुपर्ने बाध्यता छ । तसर्थ, जिल्लामा उत्पादन हुने अल्लो, जडिबुटि लगायत कच्चा पदार्थलाई प्रशोधन गरि परिष्कृत सामान बनाउने तर्फ सम्बन्धित निकाय गम्भीर हुन जरूरी छ । अतः उत्पादनमुलक क्षेत्रमा राज्यले लगानी गर्न विशेष जोड दिनुपर्छ ।

प्रतिक्रिया