शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा जनरल बेड निःशुल्क

बिहिवार , भाद्र ७, २०८०

सिन्धुली– सिन्धुली अस्पताल सिन्धुलीमा जनरल बेड निःशुल्क भएको छ । बागमती प्रदेश सरकारले मातहतका १३ वटा अस्पतालमा बेड निःशुल्क उपलब्ध गराउने परिपत्र गरेसँगै सिन्धुली अस्पतालमा जनरल बेड निःशुल्क भएको हो । बागमती प्रदेश सरकार मातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेदेखी जनरल बेड निःशुल्क गरिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको गएको साउन २२ गतेको निर्णय अनुसार भदौ १ गतेदेखि अस्पतालमा जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र गरेको हो । अस्पतालमा उपलब्ध रहेका शैयाहरु मध्य क्याबिन, एनआईसीयु र आइसीयु बाहेकका अन्य सम्पूर्ण बेडहरु निःशुल्क प्रदान गरीएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले सामान्य बेडको शुल्क सय रुपैयाँसम्म लिँदै आएका थियो ।

निजी, सरकारी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपांग वर्ग ‘क’ र ‘ख’, विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्न पनि प्रदेश स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ ।

प्रतिक्रिया