शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रविधिको महत्व बुझौँ

शनिवार , भाद्र २, २०८०

जुन देश प्राविधिक हिसाबले शक्तिशाली छन् तिनीहरुनै सामरिक र आर्थिक हिसाबमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् । आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरुको शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रमापनि प्रगति भएको देखिन्छ । अहिलेको युग भनेको सूचना र प्रविधिको हो । नेपालमा सूचना र प्रविधिको विकास कछुवा गतिमा भइरहेको छ । समाजिक संजाललाई मात्र प्रविधिको नाम दिने चलन पनि छ । तर, वास्तवमा प्रविधिको युगमा प्रविधिमा नै रम्न नेपालीले पाएका छैनन् । सरकारी कार्यालयहरुमा अहिले पनि परम्परागत शैलिबाटै काम हुने गरेको छ । सरकारी कार्यालयहरु प्रविधिमैत्रि नभएको गुनासो बारम्बार आउने गरेको छ जसको प्रत्यक्ष असर सेवाग्राहीलाई परेको छ ।

महाविर पुन जसले नेपालमै पहिलो पटक अनुसन्धान केन्द्र खोल्न खोज्दा राज्यले देखाएको उदासिनताले पनि प्रविधिप्रति सरकार गम्भिर नभएको स्पष्ट देखाउँछ । सरकारले आफैँलेपनि प्रविधि विकासमा काम गर्न सकेको छैन । तसर्थ, क्षमतावान् व्यक्तिको पहिचान गरि नेपालमा प्रविधिको प्रयोगमा व्यापकता ल्याउन र प्राविधिक सेवा सुविधा दिलाउन तर्फ सरकार केन्द्रित हुनुपर्छ । अतः नेपालमा प्रविधिको क्षेत्रमा उचित लगानी गर्दै लगानीको प्रतिफलको अध्ययन गरिनुपर्छ । व्यवस्थापकीय प्रणालिमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र संचार प्रविधिमा पहुँच हुने र नहुने बिचको खाडल कम गर्न र निरन्तर तथा जिवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुन जरुरी छ ।

प्रतिक्रिया