शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

राजनैतिक दल निरीह नबन

बिहिवार , श्रावण ३२, २०८०

सिन्धुलीका नौँवटा स्थानिय तह मध्य नेकपा (माओवादी केन्द्र) बाट चार, नेपाली काँग्रेसबाट तीन र नेकपा एमालेबाट दुईजनाले नेतृत्व सम्हालिरहेका छन् । त्यस्तै, नेपाली काँग्रेसका चार, नेकपा (माओवादी केन्द्र) बाट तीन र नेकपा एमालेबाट दुईजना उपप्रमुखमा निर्वाचित भएका छन् । फिक्कल गाउँपालिकाबाहेक आठवटै स्थानिय तहमा फरकफरक राजनैतिक दलबाट अध्यक्ष र उपप्रमुख चयन भएका छन् । जिल्लाका स्थानिय तहको नेतृत्व जुन दलबाट निर्वाचित प्रतिनिधिले सम्हालेपनि पराजित दलले प्रतिपक्षको भुमिका निभाउन नसकेको अवस्था छ ।

स्थानिय तहमा आर्थिक अनियमितता, भ्रष्टाचार र कुशासन मौँलाएको छ । राजनैतिक दल निरिह भएपछि नेतृत्वमा अहमता बढेको छ । चुनावको समयमा मतदातालाई आश्वासन बाढेका राजनैतिक दल पराजय व्यहोरेपछि अधिकारबाट पन्छिएको मतदाताले गुनसो गरेका छन् । पछिल्लो समय स्थानिय तह कार्यकर्ताको भरणपोषणको केन्द्र बनेको छ । कुनै एक राजनैतिक दलप्रति आस्था राखेकै भरमा नागरिकले राज्यबाट पाउने सेवा सुविधामा विभेदको सामना गर्नुपरिरहेको छ । तसर्थ, राजनैतिक दलले नेतृत्वको कामकार्वाहीलाई निगरानि गर्दै गलत प्रवृद्धिविरुद्ध आवाज उठाउन जरुरी छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका स्थानिय तहमा करोडौँ रुपैँया फजुल खर्च भएको छ । राजनैतिक दलले नेतृत्वले चालेका गलत कदमको विरोध नगर्दा कुशासन हाबि भइरहेको छ । तसर्थ, वडा देखि टोल र पालिकासम्म राजनैतिक दलहरु सशक्त भएर स्थानिय तहलाई सबल र समृद्ध बनाउनतर्फ लाग्नुपर्दछ । अतः पराजित राजनैतिक दलले सधैँ प्रतिपक्षको भुमिका निर्वाह गरि राम्रा कामलाई प्रोत्साहन र नराम्रालाई औँला ठडउने हिम्मत राख्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया