शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

स्थलमार्ग आवागमनलाई सहज बनाऊ

बुधवार , श्रावण ३१, २०८०

केहि दिनअघिको निरन्तर वर्षाले सिन्धुलीका मुख्य तथा ग्रामिण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोका कारण जिल्लामा प्रत्यक्ष परोक्ष धेरै पक्ष प्रभावित भएका छन् । उद्धार, राहत, पुनस्र्थापना, स्वास्थ्यसँगै मानिसहरुको आवागमनसमेत नराम्री प्रभातिवत भएको छ । विपी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्गका विभिन्न भागमा क्षति पुगेको छ भने ग्रामीण सडकको अवस्था दयनिय छ । अविरल वर्षा र बाढीका कारण विभिन्न सडकखण्डमा क्षति पुगेको छ । पहिरो पन्छाएरै जसोतसो सडक संचालन गरितापनि यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । स्थानिय देखि तीनै तहको सरकारको मुख्य प्राथमिकता अब ती अवरोध हटाउनफर्त केन्द्रित हुनुपर्छ । उद्धार र राहतसँगै सरकारले आवागमन सहज बनाउनेतर्फ सक्रिया देखाउनु जरुरी छ ।

सरकारले बाढी पहिरो पीडित सिन्धुलीजनलाई नियमित जिवनमा फर्काउन आफ्ना सबै संयन्त्र र शक्ति परिचालन गर्नुपर्छ । न्यूनतम र आधारभूत सेवा उपलब्ध भएपछि आम मानसिले सुरक्षित रहेको अनुभूति गर्न सक्छन् । त्यसकारण पनि आवागमन सहज बनाउँदै अत्यावश्यक सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायले ढिलाई गर्नुहुदैँन । विशेषगरि, जिल्लाका भित्रि सडकहरु अवरुद्ध हुँदा स्थानियले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । केहि ठाउँमा हिलो र लेदोँले गाडी चिप्लिने र दुईतर्फि गाडी संचालन गर्नसमेत मुश्किल छ । तसर्थ, स्थानिय सरकारले त्यस्ता जोखिमयुक्त सडकमा तत्काल मर्मत संभार गर्नतर्फ विशेष प्राथमिकता दिन जरुरी छ । अतः स्थलमार्ग आवागमनलाई सहज बनाउनतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया