शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

वार्षिक समिक्षा गर

मंगलवार , श्रावण ३०, २०८०

चालु आर्थिक वर्ष २०८०/०८१ शुरु भएको २९ दिन भइसकेको छ । तर, सिन्धुलीका स्थानिय तह, सरकारी कार्यालय लगायत सार्वजनिक संस्थाले वार्षिक समिक्षा कार्यक्रम गरेका छैनन् । गत आर्थिक वर्ष २०७९/०८० मा संचालित कार्यक्रम, आर्थिक प्रतिवेदन लगायत एक वर्षका सम्पुर्ण कार्य मुल्यांकन गर्न जिल्लाका सरकारी कार्यालय लगायत सार्वजनिक संस्थाले ढिलाई गरेका छन् । यतिमात्र नभएर गत आर्थिक वर्षमा भए/गरेका कामहरुको विवरण दिन समेत यहाँका सरकारी कार्यालयका सूचना अधिकारीले आनाकानी गरेको पत्रकारहरुको गुनासो छ । देशका अन्य जिल्लामा गत वर्षको योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भइसकेको अवस्थामा सिन्धुलीमा भने वार्षिक समिक्षा कार्यक्रम गर्न स्थानिय तह, सरकारी कार्यालय लगायत सार्वजनिक संघ, संस्थाले ढिलाई गरिरहेका छन् । गत आर्थिक वर्ष देखिएका समस्यालाई समाधान गर्दै चालु आर्थिक वर्षमा सच्चिएर अघि बढ्नकालागि पनि समिक्षा कार्यक्रम अत्यावश्यक छ । तसर्थ, सरोकारवाला निकायलाई समावेश गरेर वार्षिक समिक्षा कार्यक्रम संचालन गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।

नागरिकको करबाट संचालित राज्यको संयन्त्र पारदर्शि हुन जरुरी छ । जिल्लामा रहेका राज्यको संयन्त्रले गरेका काम, आर्थिक प्रतिवेदन लगायत समग्र वार्षिक प्रतिवेदनप्रति नागरिक जानकार हुनुपर्दछ । तसर्थ, वार्षिक समिक्षा गरेर नागरिकलाई जानकारी दिन सम्बन्धित निकायले कञ्जुस्याँई गर्नुहुदैँन । अतः जिल्लाका सरकारी तथा सार्वजनिक संघ, संस्थाले वार्षिक समिक्षा कार्यक्रम गर्न ढिलाई गर्नुहुदैँन ।

सम्बन्धित विषय:

प्रतिक्रिया