शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

विद्यालयको अनुुगमन गर

शनिवार , श्रावण २०, २०८०

सिन्धुलीका केहि सामुुदायिक विद्यालयले दिवा खाजामा मनपरि गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् । दिवा खाजा व्यवस्थापनका लागि संघीय सरकारले जिल्लाका स्थानीय तहमार्फत सामुदायिक विद्यालयलाई प्रति विद्यार्थी १५ रुपैँयाका दरले सशर्त अनुदानका रूपमा दिदैँ आएको छ । १५ रुपैँयामा विद्यार्थीलाई खाजा खुवाउन गाह्रो भएको सामुदायिक विद्यालयले बताउदैँ आएका छन् भने केहि विद्यालयले विद्यार्थीको संख्या बढि देखाएर विद्यार्थीको नाममा आएको दिवा खाजाको अनुदान गोजीमा हाल्ने गरेको तथ्य फेला परेको छ ।

जिल्लामा झण्डै पाँच सय बढि सामुुदायिक विद्यालय छन् । ती विद्यालयलाई स्थानिय तहले उपलब्ध गराउदैँ आएको दिवा खाजा वापतको रकममा आर्थिक अनियमितता भएको अभिभावकले गुनासो गरेका छन् । तसर्थ, जिल्लामा रहेका सामुदायिक विद्यालयले उपलब्ध गराएको तथ्यांकलाई मात्र वास्तविक ठानेर सिधै रकम पठाउने भन्दापनि अनुुगमन गर्नतर्फ स्थानिय सरकार गम्भिर हुन जरुरी छ ।

सरकारले दिवा खाजाको व्यवस्था गरेपछि सामुदायिक विद्यालयमा पठनपाठन गर्न विद्यार्थी नियमित आउने गरेका छन् । तर, दिवा खाजामा विद्यार्थीलाई जंक फुड दिएको अभिभावकको गुनासो छ । विद्यालयले जंक फुड खान नहुुने भनेर विद्यार्थीलाई शिक्षा दिएपनि व्यवहारिक रुपमा आफैँले जंक फुुड विद्यार्थीलाई खुुवाइरहेका छन् । तसर्थ, सरकारले वर्षेनि करोडौँ रुपैँया दिवा खाजामा लगानी गरिरहेको हुँदा ती लगानीको सदुुपयोग भएको छ कि छैन भन्नेतर्फ स्थानिय सरकार चनाखो हुन जरुरी छ । अतः दिवा खाजा खर्च गोजीमा भन्दापनि विद्यार्थीको पेट भर्न प्रयोग गर्नतर्फ सम्बन्धित निकाय सतर्क रहन आवश्यक छ ।

 

प्रतिक्रिया