धरान लगायत विभिन्न जिल्लामा डेंंगुको प्रकोप पुनः देखिएको छ । वैशाख।यता डेंगुबाट बिरामी हुनेको संख्या चुलिएको छ । वैशाखदेखि यता दुई हजार बढिमा डेंगु पुष्टि भइसकेको छ । डेंगु सरुवा रोग होइन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । सिन्धुलीमा पनि डेंगुको लक्षण देखिएको छ । डेंगुको जोखिम नियन्त्रण गर्न नागरिक स्वयं बेलेमै सचेत नहुने हो भने धरानमा जस्तै संक्रमितको संख्या ह्वात्तै नबढ्ला भन्न सकिन्न ।
तसर्थ, डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न स्थानिय सरकार, जनस्वास्थ्य कार्यालय लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । सर्वप्रथम त, संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन नागरिक स्वयं सचेत हुन जरुरी छ । डेंगु गराउने लामखुट्टेको घर र कार्यलय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको सफा पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ । उक्त संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने नै हुन्छन् । डेंगु संक्रमण नियन्त्रण गर्न कार्यस्थल वरपर लामुखट्टेको वृद्धि विकास हुन नदिने र लामखुट्टेको टोकाईबाट बच्नु पहिलो उपाय हो ।
अघिल्ला बर्षमा झैँ संक्रमणले महामारीको रूप नलियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न जरुरी छ । डेंगु नियन्त्रणकालागि लामखुट्टेको लार्भा खोज्दै नष्टगर्नतर्फ स्थानीय तह, जनस्वास्थ्य लगायत सरोकारवाला निकायबिच समन्वय हुनुपर्नेदेखिन्छ । अतः डेंगु फैलिनु पुर्वनै सावधानि अपनाउन तर्फ जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ ।