शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका सार्वजनिक संस्थाले पारदर्शि कायम गर

शुक्रवार , श्रावण १२, २०८०

सिन्धुलीका सार्वजनिक संस्थाले पारदर्शितालाई आत्मसात नगरेको गुनासो बढ्दो छ । राज्यले पारदर्शि कायम गर्न स्थानिय तहलाई वेबसाइट उपलब्ध गराएको छ । तर, सिन्धुलीका अधिकांश स्थानिय तहले वेभसाइटलाई अद्यावधिक गरेका छैनन् । नागरिकलाई स्थानिय तहले संचालन गरिरहेको कामकार्वाहीसँग जोड्न वेभसाईट प्रभावकारी माध्यम हो । तर, स्थानिय तहले वेभसाईटको सदुुपयोग नै गर्न सकेका छैनन् । नागरिकले इच्छाएको कुनै पनि सार्वजनिक विवरणको जानकारी लिन वेभसाइट उचित प्लेफर्म हो । सूचना र प्रविधिको युुगमा जिल्लाका स्थानिय तह प्रविधिमैत्रि हुन सकेका छैनन् ।

केहि स्थानिय तहबाहेक अधिकांशले वेभसाइटमा मासिक आय/व्यय सार्वजनिक गरेका छैनन् । यतिमात्र नभएर आयोजनाको विवरण सार्वजनिक गर्न समेत स्थानिय तहले कञ्जुुस्याईँ गरिरहेका छन् । नागरिकको करबाट संचालन भइरहेका संस्थाको वर्तमान अवस्था, आर्थिक कारोबार लगायत हेरक गतिविधिका बारेमा जानकारी लिन पाउने उसको अधिकार हो । सूचना र प्रविधिले फड्को मारिरहेको अवस्थामा सामान्य जानकारी अद्यावधिक गर्नसमेत स्थानिय तह पछि पर्नु भनेको ढुुंगे युग नै हो । तसर्थ, स्थानिय सरकारले आफ्नो वेभसाईटलाई सहि तरिकाले संचालनमा ल्याउन विशेष जोड दिन आवश्यक छ ।

स्थानिय तहले सूचना प्रविधि अधिकारीलाई (आईटि अफिसर) सूचना अधिकारीका रुपमा नियुक्त गरेको हुन्छ । तर, ती कर्मचारीले सूचना प्रवाहमा राज्यको संयन्त्रको उपयोग गर्न सकिरहेका छैनन् । यतिमात्र नभएर जनप्रतिनिधिहरुले समेत पारदर्शितालाई ख्याल नगर्दा नागरिकले अफवाह सूचनाको भर गर्नुपरेको छ । तसर्थ, जिल्लाका सार्वजनिक संघ, संस्थाले सूचना प्रविधिको प्रयोग गर्दै पारदर्शि कायम गर्नतर्फ जोड दिनुपर्छ । वेभसाईटलाई व्यवस्थित गर्न सके नागरिकले सूचना लिन कार्यालयनै धाउनुुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्ति पाउनेछन । अतः राज्यले उपलब्ध गराएको संयन्त्रको उपयोग गर्नतर्फ स्थानिय तह गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया