आइतबार गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई औषधि पसल अनुुगमन गर्न परिपत्र गर्यो । गृह मन्त्रालयको निर्देशन अनुसारनै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनस्वास्थ्य कार्यालय, स्थानिय तहको स्वास्थ्य शाखा, खाद्य प्रविधि तथा गुुणस्तर नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरुको समन्वयमा सोमबार कमलामाई नगरपालिकामा संचालित केहि मेडिकलको अनुुगमन गरेको छ । तर, व्यवसायीले अनुुगमन हुने खबर पाएपछि अनधिकृत रुपमा संचालित औषधि पसल बन्द गरिएको थियो । हरेक पटक सिन्धुलीमा अनुुगमन हुुँदा अनधिकृत रुपमा संचालित औषधि पसलहरु बन्द हुुने गरेको छ ।
अनुुगमन समितिकै सदस्यले सूचना चुहाउँदा अनुुगमनको समयमा अवैद्य मेडिकल बन्द हुने गरेको सजिलै अनुमान लगाउन सकिन्छ । हप्ताको सातै दिन खुल्ने ती मेडिकलहरु अनुुगमनै दिन बन्द हुुनुु शंकास्पद देखिन्छ । जिल्लामा अरुको इजाजतपत्र लिएर अनधिकृत रुपमा दर्जनौँ औषधि पसल संचालनमा रहेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा देखिको लापर्वाहीले आगामी दिनमा दुर्घटना ननिम्तिएला भन्न सकिन्न । यता, जिल्ला प्रशासन कार्यालयबाट दर्जनौँ सेवा प्रवाह हुनेहुँदा बजार अनुुगमनलाई मात्र प्राथमिकता दिदाँ अन्य सेवा प्रभावित हुने देखिन्छ । तसर्थ, विरलै गरिने अनुुगमनलाई व्यवस्थित र भरपर्दो बनाउन जिम्मेवारी पदाधिकारी गम्भिर हुनुपर्दछ । सूचना चुहाएर अनुुगमनलाई नै प्रभावित बनाउने सदस्यको पहिचान गरि यथाशिघ्र कार्वाही गर्नतर्फ सम्बन्धित निकायले कुनैपनि कञ्जुुस्याईँ गर्नुहुदैँन ।
बजार अनुुगमनकालागि निश्चित कार्यालयका पदाधिकारीहरुको टोली बनाइन्छ । सोमबार गरिएको औषधि पसलको अनुुगमनमा पनि जिल्लाका विभिन्न कार्यालयका पदाधिकारीहरु समावेश थिए । आश्चर्यचकितको कुरा त के छ भने उक्त अनुुगमन टोलीमा मेडिकल संचालक समेत रहेको तथ्य फेला परेको छ । स्थानिय तहको प्रतिनिधि बनेर अनुुगमन गर्नपुुगेका कर्मचारीलेनै अरुको इजाजतपत्र लिएर औषधि बेचिरहेका छन् । तसर्थ, अनुुगमन टोलीमा समावेश व्यक्तिहरुको बारेमा समेत अध्ययन गर्नतर्फ सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । अतः स्वास्थ्य जस्तो संवदेनशिल विषयमा कुनैपनि लापर्वाही अक्षम्य हुनेहुँदा जिम्मेवार निकायले अनुुगनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनतर्फ जोड दिनुपर्दछ ।