शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

निष्पक्ष छानविन गर

बुधवार , श्रावण ३, २०८०

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरि दिएको दुई साता बढि बितिसकेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रशासकिय अधिकृतमाथि अभद्र व्यवहार भएको घटना छानविन गर्न प्रहरीलाई प्रशस्त मार्ग खुलाइदिएको छ । सिन्धुली प्रशासनले अभद्र व्यवहार गरेको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको दुई साता बढि बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय मौन देखिएको छ । आरोपि खुलेआम हिँडिरहदापनि प्रहरीले नदेखेझैँ गरिरहेको सर्वसाधरणले बताइरहेका छन् । गोलन्जोरमा भएको घट्नाले जिल्लाका सरकारी कर्मचारीहरु त्रसित भएको अवस्था छ । तर, अभद्र व्यवहार गरेको आरोप लागेका वडाध्यक्षलाई प्रहरीले अनुसन्धान गर्न अहिलेसम्मपनि कुनै प्रक्रिया अघि नबढाउँदा प्रहरीमाथिनै शंखा उब्जिएको छ । ठूलालाई चैन र सानालाई ऐन भनेझैँ प्रहरीले राजनितिक पृष्ठभूमिका व्यक्तिमाथि देखाएको उदारताले राज्यको कानुनप्रतिनै नागरिकको विश्वास गुमेको छ । तसर्थ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त घट्नाको निष्पक्ष छानविन गर्न आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।

केहि समयअघि प्रशासकिय अधिकृतमाथि अभद्र व्यवहार गरेको आरोप लागेका वडाध्यक्षले बन्दुक बोकेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएको थियो । आम नागरिकले अभद्र व्यवहार गरेको आरोप लाग्दा प्रहरीले तु अनुसन्धान प्रक्रियालाई अघि बढाएको नजिर थुप्रै छ । तर, वडाध्यक्षले नै हतियारसहित सामाजिक संजालमा तस्बिर राख्दा कुनै छानविन नहुने र पिडितले आफूमाथि अभद्र व्यवहार भएको भन्दै जाहेरि दिदा समेत प्रहरी मौन बस्नु भनेको कानुनि राज्यको उपहास हो । तसर्थ, जिल्ला प्रहरी कार्यालयको सुस्त अनुसन्धानप्रति सरोकावाला निकायले आवाज उठाउन जरुरी छ । अतः गोलन्जोर घट्नामा कुनैपनि राजनैतिक दलको दबाब वा प्रभावमा नपरि निष्पक्ष छानविन गर्न सम्बन्धित निकायले अनुसन्धानलाई पूर्णता दिन आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया