शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जोखिमयुक्त स्थानको पहिचान गर

मंगलवार , श्रावण २, २०८०

पछिल्लो केहि दिन यता सिन्धुली लगायत देशभर दैनिक जसो वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै जिल्लाका भित्रि र ग्रामीण सडक हिलाम्मे भएका छन् भने नदिले खेतियोग्य जमिन कटान गर्दा दुधौली, मरिण, कमलामाई, हरिहरपुरगढी लगायत अधिकांश स्थानिय तहका नागरिक चिन्तित भएका छन् । बाढी र पहिरोको जोखिमका कारण जिल्लाका केहि क्षेत्रमा स्थानियको निन्दहराम हुने गरेको छ । नदि तथा खोलाका तटिय क्षेत्रका बासिन्दलाई वर्खायामको मौसमले सधैँ त्रसित बनाउने गरेको छ । नेपाल सरकारको एक प्रतिवेदनका अनुसार सिन्धुली बाढी र पहिरोको जोखिममा छ ।

अव्यवस्थित विकास निर्माणका कामले जिल्लाका धेरै ठाउँहरुमा पहिरोको जोखिम रहेको स्थानियले बताएका छन् । दीगो विकासलाई भन्दापनि बजेट खर्च गर्नकालागि मात्र गरिने विकास निर्माणको कामले जिल्लामा सधैँ जोखिम निम्ताउने गरेको छ । बाढी र पहिरोले हरेक वर्ष सिन्धुलीमा मानविय तथा भौतिक पुर्वाधारमा ठूलो क्षति पुर्‍याउने गरेको छ । तसर्थ, जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको क्षेत्रको पहिचान गरि विपद् व्यवस्थापनकालागि स्थानिय तह, सुरक्षा निकाय लगायत सम्बन्धित निकाय सतर्क रहन आवश्यक छ । मुख्यतः स्थानिय तहले जोखिमयुक्त ठाउँको सूचि तयार पारि सरोकारवाला निकायसँगको समन्वयमा सतर्क हुनुपर्ने देखिन्छ । अतः प्राकृति प्रकोपलाई रोक्न सकिदैँन तर त्यसले निम्ताउने क्षतिभने न्युनिकरण गर्न सकिने हुँदा जिम्मेवार निकाय गम्भिर भएर पुर्वतयारी अवस्थामा रहनुपर्दछ ।

प्रतिक्रिया