शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमाढीमा निःशूल्क स्वास्थ्य शिविर हुदैँ

आइतवार , जेठ २१, २०८०

सिन्धुली– आगामी जेठ २३ गते सिन्धुलीमाढीमा निः शूल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा महिलाकालागि निःशूल्क स्वास्थ्य शिविर संचालन हुन लागेको संघका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको सहयोगमा स्तन क्यान्सर तथा पाठेघर लगायत अन्य क्यान्सर सम्बन्धि सम्पूर्ण परिक्षणकोलागि निःशुल्क स्वास्थ्य शिविर सिन्धुली अस्पतालमा संचालन हुन लागेकोे अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उपचारकालागि जेठ २२ गतेसम्म नाम टिपाउन समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “०४७-५२०२४९ र ०४७-५२०६०९ मा सम्पर्क गरि नाम टिपाउन महिला दिदिबहिनि तथा आमाहरुलाई आग्रह गर्दछु ।”

 

प्रतिक्रिया