सिन्धुली– गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाका ५ सय ५२ परिवारको निशुल्क स्वास्थ्य बिमा गरेको छ ।
गाउँपालिका कार्यालयको बार्षिक कार्यक्रम अन्र्तगत स्वाथ्य बिमा बोर्ड सिन्धुलीसँगको सहकार्यमा गाउँपालिकाका अति विपन्न, गरिब, दलित, अपाङ्गको निशुल्क स्वास्थ्य बिमा गरेको हो ।
गाउँपालिका कार्यालयले गोलन्जोर वडा नं.१ का ६१ परिवार, वडा नं.२ का ७१ परिवार, वडा नं.३ का ६२ परिवार वडा नं.४ का ९०परिवार त्यस्तै वडा नं.५ का ७५ परिवार, वडा नं.६ का १ सय परिवार र वडा नं.७ का ६० परिवार र थप ३३ परिवार सहित ५ सय ५२ परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको गोलन्जोर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र शाहले जानकारी दिनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा अतिविपन्न् नागरिकहरुको निशुल्क स्वाथ्य बिमाको लागी कुल २५ लाख रकम बिनियोजन गरेको र हालसम्म स्वास्थ्य बिमा बापत १९ लाख २५ हजार रकम भुक्तानी गरिसकिएको शाहले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिका कार्यालयले गाउँपालिकाका मृगौला प्रत्यारोपण गरेका डाइलाइसीस गरिरहेका, क्यान्स रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई उपचार बापत रकम समेत उपलब्ध गराउँदै आईरहेको छ । चालु आर्थिक बर्षमा गाउँपालिका कार्यालयले क्यान्सरका रोगी १२ जना, मेरुदण्ड पक्षघात भएका १ जना, डाइलाईसिस गरिरहेका ६ जना र मृगौला प्रत्यारोपण १ जना सहित कुल २० जनालाई जनही ५ हजारका दरले उपचार खर्च उपलब्ध गराएको स्वास्थ्य शाखाका मिन बहादुर आछामीले जानकारी दिनुभयो ।