सिन्धुली – सिन्धुलीको चार पालिकामा कोरोना भाइरस विरुद्धको फाईजर बाईभ्यालेन्ट खोप अभियान संचालन हुने भएको छ । जिल्लाको सुनकोशी, गोलन्जोर, मरिण र हरिहरपुरगढी गाउँपालिकामा खोप अभियान संचालन हुने भएको हो ।
५५ वर्ष माथिका पहिलो बुष्टर लिन बाँकि व्यक्तिहरुलाई पहिलो बुष्टर मात्रा दिइने छ । यस्तै, सबै स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरो क्षमता कम भएका व्यक्ति साथै बुष्टर लिएर ६ महिना पुरा भएको भए दोस्रो बुष्टर मात्रा समेत दिइने छ ।
यस्तै, फाईजर बाईभ्यालेन्ट खोप बुष्टर मात्राको लागी मात्र प्रयोग गर्न मिल्ने छ । खोप खैरो रंगको बिर्को भएको ६ मात्राको भायलमा र प्रयोग गर्न तयारी अवस्थामा प्राप्त हुने एवम् घोल्न नपर्ने र०.३ मि.लि. मासुमा (IM) दिने छ ।
सुनकोशी गाउँपालिकामा यहि चैत २६ गते देखि २९ गते सम्म खोप अभियान संचालन हुने छ । गोलन्जोर गाउँपालिका र मरिण गाउँपालिकामा पनि चैत २६गते देखि २९ गते सम्म खोप अभियान संचालन हुने एक सुचना मार्फत स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, हरिहरपुरगढी गाउँपालिकामा भने चैत २८ गते देखि ३० गते सम्म खोप अभियान संचालन हुने छ ।