शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली औषधि ब्यवसायलाई ब्यवस्थित गर्न जिल्ला प्रशासनको निर्देशन

बिहिवार , चैत्र २, २०७९

सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार एक सूचना जारि गर्दै जिल्लाका औषधी ब्यवसायीहरूलाई आफ्नो ब्यवसायलाई ब्यवस्थित र कानुनसंगत गर्न निर्देशन जारी गरेको छ ।

औषधी ब्यवसाय मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सम्वन्ध रहेकोले औषधिको किसिम प्रयोग गर्ने तरिका, मात्रा, भण्डारण आदी नमिल्दा जीवन नै जोखिममा पर्न सक्ने भएकाले औषधि वेच्नका लागि इजाजत लिनुपर्ने, व्यवसायको दर्ता हुनुपर्ने, सम्बन्धित इजाजतवालाले मात्र विक्री वितरण गर्न पाउने जस्ता नियमको पालना गर्न निर्देशन गरेको छ ।

औषधिको अवैध बिक्रीले प्रचलित कानूनको बर्खिलाप भई स्वास्थ्यमा नकारात्मक असर समेत पर्न सक्ने हुँदा यस्ता गतिविधि बन्द गर्न सबै ब्यवसायीलाई अनुरोध गरेको छ । जिल्लामा संचालित औषधि पसलहरुलाई छिटो भन्दा दर्ता तथा आबश्यक प्रक्रिया पूरा गरि आफ्नो पेशाको मर्यादा कायम गर्न अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले औषधिको आयात, संचय र बिक्री वितरण गर्न सम्बन्धित निकायको अनुमति लिई दर्ता र नविकरण गराउने । दर्ता भन्दा अन्यत्र ठाँउमा व्यवसाय संचालन नगर्ने, पसलमा साइन बोर्ड, दर्ता, नविकरण, इजाजत लगायत कागजात सवैले देख्ने गरी राख्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्र औषधि विक्री वितरण गर्ने । अरुको अनुमति प्रयोग गरी अनाधिकृत व्यक्तिबाट औषधिको कारोवार नगर्ने, म्याद भएका औषधिसँग म्याद गुज्रेका औषधि नराखी अलग्गै छुट्याउने र त्यस्ता औषधिहरु विक्री वितरण नगर्न निर्देशन गरेको छ ।

साथै अधिकतम खुद्रा मुल्य भन्दा वढी मुल्यमा नवेच्ने, मूल्य समायोजन भएकालाई सोही अनुसार विक्री गर्ने, बिल लिने दिने गर्ने, चिकित्सकको प्रेस्कृप्सनमा मात्र विक्री वितरण गर्नु पर्ने औषधिहरु सोही अनुसार मात्र दिने । लागू तथा मनोद्धिपक औषधिको संचय, भण्डारण र विक्री नियम संगत गर्ने, प्रतिबन्धित औषधिको विक्री वितरण नगर्ने, नेपालमा दर्ता भएका औषधिहरु मात्र आयात, विक्री गर्ने, अन्य व्यवसाय र औषधि पसल एकै सटर कोठामा संचालन नगर्ने, पसल व्यवस्थित गर्ने, सरसफाईमा ध्यान दिन सबै औषधी ब्यवसायीलाई निर्देशनात्मक सूचना जारी गरेको छ ।

प्रतिक्रिया