शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली महोत्सवमा आज रुपक डोटेल र शान्ति श्रीले प्रस्तुति दिने

शनिवार , पौष ९, २०७९

सिन्धुली –सिन्धुली सिन्धुली महोत्सव सुरु भएको छ । ११ दिन सम्म संचालन हुने महोत्सवको शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले उद्घाटन गर्नुभएको हो । “कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरौँ, सम्बृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौँ” भन्ने मुल नाराको साथ सुरु भएको छैठौँ महोत्सवको सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिका मुख्य आयोजक रहेका छन् ।

यस्तै, महोत्सवबाट हुने नाफाबाट दमकल खरिद गर्ने मुख्य उद्देश्य राखिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । महोत्सवमा १० करोडको कारोवार हुने अनुमान गरिएको छ । उक्त कारोबारबाट सिन्धुली महोत्सवमा ९० लाख नाफा हुने छ । जिल्लामा ठूलो आगलागी हुँदा दमकल नभएका कारण ठूलो क्षति वेहर्नुपर्ने अवस्था रहेकाले जिल्लाभरी लान सकिने गरि आधुनिक दमकल खरिद गर्ने मुख्य योजना अनुसार महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ जनाएको छ । महोत्सवको ७ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवमा स्थानीय उत्पादन तथा वाह्य सामग्री प्रदर्शन गरिने छ । महोत्सवमा व्यापार मेलाका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकन समेत गर्न पाईने छ । यस्तै महोत्सवमा बाल उद्यान, सर्कस, पिङ, विभिन्न सांस्कृतिक कार्यक्रम, ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तथा विभिन्न प्रतियोगिताहरु समेत राखिने छ ।

महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन महोत्सव आयोजना गरिएको हो । जिल्लामा उत्पादन हुने जुनार, अन्य कृषिजन्य वस्तु एवम् जडीबुटीको व्यावसायिक उत्पादन र स्थानीय लोकसंस्कृतिको जगेर्ना गरी आत्मनिर्भर सिन्धुली निर्माणको अभियान सफल पार्न सहज हुने उद्देश्य लिइएको छ । महोत्सवको आकर्षणका रुपमा सिन्धुलीको रसिलो जुनार, जिल्लाका अन्य विभिन्न उत्पादन, लोक सांस्कृतिक झाँकी र मुलुकमा निकै चर्चा कमाएका कलाकारहरुको प्रस्तुति हुने सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा तीन सय ओटा व्यवस्थित सटर निर्माण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारण टिकट ६० रुपैया र परिचयपत्रका आधारमा अपाङ तथा विद्यार्थीका लागि बिस रुपैया छुट दिने व्यवस्था गरिएको छ । यस्तै जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

यसैबिच सिन्धुली महोत्सवमा आज रुपक डोटेल र शान्ति श्री परिवारले आफ्नो प्रस्तुती दिनुहुने भएको छ । रुपक डोटेलले ‘हुन्न केवल’, ‘खुसि चाहे’, ‘मलाई अति मायाँ’, ‘पथर खोज्दै’, ‘रेशमि मायाँ’, ‘सपनि राम्रो देखिन्न’, ‘यति मायाँ गरौँ’ बोल गित गाउनुभएको छ । लोक दोहोरी गाइका शान्ति श्री परिवारले ‘खोलि तारि देउ माझि दाई’, ‘चल्यो बतास’, ‘छुट्नलाई पो रहेछ क्यार’े, ‘रुमाल खस्छ कि’, ‘दाते ओखर’ बोल लगाएतका गित गाउनुभएको छ ।

प्रतिक्रिया