सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ५ का वडासदस्य टेक बहादुर तामाङको मृत्यु भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित हुनुभएका ५२ वर्षिया तामाङको मंगलबार कमलामाई नगरपालिका ५ स्थित निजि निवास चिसापानि झोरामा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

तामाङको मृत्युपछि शोक मनाउन कमलामाई नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सूचना निकाल्दै नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका सबै कार्यालयहरु बन्द रहने जानकारी दिएको छ । तामाङको निधनले कमलामाई नगरपालिकालाई अपुरणिय क्षति पुगेको कमलामाई नगरपालिकाको मेयर उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा नेपाली कांंग्रेसबाट वडा सदस्यमा निर्वाचित तामाङले सात सय ८६ मत प्राप्त गर्नुभएको थियो ।