सिन्धुली– सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको तेश्रो संस्करणको उपाधिकालागि ब्लू अल्पाईन क्लब र न्यू कमलामाई युवा क्लब, करकरेबिच प्रतिस्पर्धा हुने भएको छ । बिहिबार चकमके युवा क्लबलाई हराउदैँ न्यू करकरे क्लब र सिन्धु सामुदायिक युव क्लब, दुधौली नगरपालिकालाई हराउदैँ ब्लु अल्पाईन क्लब फाइलमा पुगेको छ ।
बिहिबार भएको खेलमा चकमके क्लबलाई १–० गोलको अन्तरले करकरे क्लब विजयी भएको हो । रोमाञ्चक खेलमा करकरेका कृपा चौधरी उत्कृष्ठ खेलाडी घोषित भएको आयोजक नव बथानचौडी युवा क्लबका सह–सचिव निरोज थापाले जानकारी दिनुभयो । साथै, अर्को खेलमा सिन्धुली सामुदायकि क्लबलाई ब्लु अल्पाइन क्लबले ४–१ को अन्तरले हराएको थियो । उक्त खेलको उत्कृष्ठ खेलाडी राकेश चौधरी घोषित भएको थापाले बताउनुभयो ।
फाइनल खेल शनिबार बिहान १०ः३० बजे कमलामाई नगरपालिका ९ को जनजागृति विद्यालयको खेल मैदानमा हुनेछ ।