शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

करकरे र चकमके सेमिफाइनलमा प्रवेश

बुधवार , कार्तिक २, २०७९

सिन्धुली– सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको तेश्रो संस्करणमा बुधबार दुई खेल सम्पन्न भएको छ । क्वाटरफाइनलका दुई खेलमा चकमके युवा क्लब र न्यु कमलामाई युवा क्लब करकरे विजयी भएको छ । विजयी टिमले बिहिबार दिउँसो ३ बजेर ३० मिनेटमा फाइनलकालागि भिड्ने छन् ।

बुधबार भएको खेलमा बर्द बहादुर गणलाई न्यु कमलामाई युवा क्लब करकरेले २–१ को अन्तरले पराजित गरेको छ । करकरे क्लबका सागर चौधरी खेलको उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

त्यस्तै, छिन्नमस्ता बाहिनी र चकमके युवा क्लबबिच भएको क्वाटरफाइनलको खेल बराबरी भएपछि पेनाल्टिमा चकमकेले जित हासिल गरेको छ । चकमकले पेनाल्टि सुटआउटमा ५–४ को गोल अन्तरले सशस्त्रको टिम छिन्नमस्तालाई पराजित गरेको हो । चकमकेका गोलकिपर अमृत क्षेत्रि उक्त खेलको उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

बिहिबार सेमिफाइनलका दुई खेल हुने आयोजक नव बथानचौडी युवा क्लबका सचिव शान्ति प्रसाद चौलागाई जानकारी दिनुभयो । चौलागाईका अनुसार ब्लु अल्पाइन क्लब र सिन्धु सामुदायिक युवा क्लब र दिउँसो चकमके र करकरेबिच सेमिफाइनलको खेल हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया