शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमलामाईका मेयरको आँखा एक्सकाभेटरमा परेपछि....

बुधवार , आश्विन ५, २०७९

सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर उपेन्द्र कुमार पोख्रेलको टोली मंगलबार हेटौँडा उपमहानगरपालिकाको लागि हिँडेको थियो । नगरका प्रमुख प्रशासकिय अधिकृत विशकशेन ढकालको आमाको मृत्युमा समवेदना प्रकट गर्न मदन भण्डारी राजमार्गहुँदै मकवानपुर जान लागेको टोली कमलामाई नगरपालिका १ स्थित सुनकोशी मरिण डाइभर्सन नजिक रोकियो । मेयर पाख्रेलको आँखा मरिण खोलामा ढुंगा, बालुवा निकाल्दै गरेको एक्साभेटरमा परेपछि उक्त टोली सोहि ठाउँमा रोकियो । आर्थिक वर्ष २०७९/०८० का लागि ठेक्कानै नलगाइएको क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरिरहेको उपकरण देखेपछि मेयर पोख्रेल कार्वाहीमा उत्रिए ।

अवैद्य रुपमा नदिजन्य पदार्थको उत्खनन् गरिरहेको चारवटा उपकरणहरु नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ । कमलामाई नगरपालिका वडा नं. १ मरिण खोलाको पुलको दायाँ बायाँ ५०० मिटर भित्र अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन हुँदै गर्दाको अवस्थामा मेयर पोखरेलको नेतृत्वमा वडा नं. १ का वडाध्यक्ष तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहितको टोलिले उत्खननमा प्रयोग भएको एउटा एक्सकाभेटर, दुईवटा टिफर र एउटा ट्रयाक्टर नियन्त्रणमा लिई डाँढि प्रहरीचौकिलाई आवश्यक कारवाहिको लागि निर्देशन सहित जिम्मा लगाइएको छ ।

नगरपालिकाले गत भदौ २८ गते मरिण खोला (मझिनिदमार–१, डाँडी–२, डाँडी–३, धनमाना मरिण दोभान–४, धनमाना मरिण दोभान–५, धनमाना मरिण दोभान–५, धनमाना मरिण दोभान–६) मा नदीजन्य पदार्थको विक्रीका लागि ९५ लाख १६ हजार ३९२ रुपैँयामा बोपत्र आव्हान गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया