शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार , श्रावण २०, २०७९

सिन्धुली – सिन्धुलीमा सुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार २९ जना महिला र २८ पुरुष गरि जम्मा ५७ जनाको कोरोना परिक्षण गर्दा ६ जना महिला र ३ जना पुरुष गरि ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा ३७ जना होम आइसोलेसनमा उपचारत रहेका छन् । जिल्लामा हालसम्म ३ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये ३ हजार ८ सय ६१ जना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

थप ९१२ मा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

यसैविच देशभर पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा छ हजार चार सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा तीन सय ७० जना कोरोना संक्रमामुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ७१ हजार छ सय २० पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ६० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७० पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ८७, संस्थागत आइसोलेसन एक सय ७३, आइसियूमा ४२ र भेन्टिलेटरमा दुई जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कास्की र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार एक सय ६९, ललितपुरमा सात सय ४५ र भक्तपुरमा ९४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया