सिन्धुली – सिन्धुलीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार २३ जनाको कोरोना परिक्षण गर्दा ५ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सिन्धुली अस्पतालका कोरोना फोक्ल पर्सन डा. सागर देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना पुष्टि हुने अधिकाश कमलामाई नगरपालिकाको रहेका छन् । विहिबार कोरोना पुष्टि भएका मध्ये एक जना फिक्कल गाउँपालिकाको र बाकीँ ६ जना कमलामाई नगरपालिकाको रहेको उहाँले बताउनुभयो । यो सँगै हाल होम आइसोलेसनमा ८४ जना उपचारत रहेका छन् ।
यस्तै हाल सम्म सिन्धुलीमा ३ हजार ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये ३ हजार ८ सय २२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने जिल्लामा कोरोना संक्रमणको कारण ४५ जनाको मृत्यु भएको छ ।