सिन्धुली– सिन्धुलीका तिन स्थानिय तहले चालू आर्थिक वर्षमा ५ करोड भन्दा बढी राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा आन्तरिक आयअन्तर्गत मात्रै घ्याङलेख गाउँपालिका, गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिकाले ५ करोड २ लाख ७१ हजार २ सय ७८ रुपैया ४७ पैसा राजस्व संकलन गरेका हुन् ।
घ्याङलेख गाउँपालिकाले आन्तरिक आयअन्तर्गत १० लाख ४१ हजार १ सय १८ रुयैया ९७ पैसा राजस्व संकलन गरेको छ । गाउँपालिकाले आन्तरिक आय अन्तर्गत ३० लाख ६० हजार संकलन गर्ने लक्ष्य लिएको थियो । मालपोत तर्फ २ लाख ७३ हजार ४ सय ३४ रुपैया २९ संकलन गरेको । गाउँपालिकाले ०७७÷७८ मा ३८ लाख ९ हजार ९ सय ५० रुपैया २३ पैसा राजस्व संकलन गरेको थियो ।
दुधौली नगरपालिकाले आन्तरिक आयअन्तर्गत ४ करोड ४८ लाख १ हजार ७ सय ७४ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा उक्त रकमको राजस्व संकलन गरेको हो । नगरपालिकाले वार्षिक १० करोड १८ लाख २२ हजार ९ सय २५ संकलन गर्ने लक्ष्य लिएको थियो । नगरपालिकाले मालपोततर्फ १० लाख १ हजार ५ सय ९७ र बिभाज्यतर्फ २० लाख ५३ हजार ६ सय ९९ राजस्व संकलन गरेको छ । स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ०७७÷७८ मा ७ करोड ३६ लाख ७८ हजार राजस्व संकलन गरेको थियो ।
यस्तै गोलन्जोर गाउँपालिकाले आन्तरिक आयतर्फ ३१ लाख ३९ हजार १ सय ३९ रुपैया ७५ पैसा संकलन गरेको छ । गाउँपालिकाले ९७ लाख ३८ हजार ३ सय २८ लक्ष्य लिएकोमा ३१ लाख ३९ हजार १ सय ३९ रुपैया ७५ पैसा संकनल गरिसकेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले भुमिकर तथा मालपोत तर्फ २ लाख ६८ हजार ८ सय ५८ र विभाज्य तर्फ १० लाख २० हजार ३ सय ८७ रुपैया ७५ पैसा राजस्व संकलन गरेको छ ।