सिन्धुली,११ माघ –सिन्धुलीमा मंगलबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ९ जना महिला र १४ जना पुरुष गरि जम्मा २३ जनाको कोरोना परिक्षण गर्दा ४ जना महिला र ५ जना पुरुष गरि जम्मा ९ जनाको रिपोट पोजेटिभ आएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय ९० पुगेको छ । हाल जिल्लामा २ सय २६ जना होम आइसोलेसनमा उपचारत रहेका छन् । जिल्लामा ३ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
१२ हजार ८ जना नयाँ संक्रमित थपिए, ८ जनाको कोरोनाबाट मृत्यु
पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १८ हजार १०३ जनामा पीसीआर परीक्षण गरिएकोमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ८९.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।