शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सिन्धुलीमा १६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार , माघ ७, २०७८

सिन्धुली, ७ माघ - केहि दिन यता सिन्धुलीमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन् । आज जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएका संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ७० पुगेको छ । हाल निको भएका संगै हाल सम्म ३ हजार २ सय १९ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । यस्तै, आज होम आईसोलेसनमा ७० जना महिला र १०८ जना पुरुष सक्रिय संक्रमित उपचाररत रहेका छन् भने ४५ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया