शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एकै दिन १९ जनामा कोरोना

सोमवार , माघ ३, २०७८

सिन्धुली – सिन्धुलीमा सोमबार एकै दिन १९ जनामा कोरोना संक्रमण पृुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ३ जना महिला र २० जना पुरुष गरि जम्मा २३ जनामा गरिएको स्वाव परिक्षणमा ३ जना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ११ पुगेको छ । हाल होम आइसोलेसनमा ४७ जना उपचारत रहेका छन् । ३ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

छ हजार ७३४ संक्रमित थपिए

रासस

काठमाडौँ, – देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा संक्रमण दर १७ दशमलव एक प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसंख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको संख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा एक हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया