सिन्धुली – सिन्धुलीमा अहिले तरकारी तथा फलफुलको मुल्य घटेको छ । मौसमी तरकारीको पर्याप्त उत्पादन भएसँगै अहिले तरकारीको मूल्य घटेको हो ।
तरकारीको मुल्य दर रेट रातो आलु नयाँ प्रति के जी ३५ देखि ४० ,प्याज प्रति के जी ७० देखि ८०, रुपैँया , काउली प्रति के जी ४० देखि ४५, बन्दा प्रति के जी ३० देखि ४०,बोडी प्रति के जी ५०देखि ६०, हरियो खोर्सानी प्रति के जी १२०देखि १३० ,मुला प्रति के जी ५० देखि ६० रुपैयामा विक्री भइरहेको कृषि उपज बजार सिन्धुलीका कम्प्युटर अप्रेटर अमृता अधिकारीले बताउनुुभयो ।
त्यस्तै तिते करेला प्रति के जी ९० देखि १००, च्याउ प्रति के जी २००, काक्रा प्रति के जी ७० देखि ८०, गाजर प्रति के जी १२० ,टमाटार प्रति के जी ३० देखि ४०,र भाण्टा प्रति के जी ७० देखि ८० रुपैयामा विक्री भइरहेको अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै सिन्धुलीमा फलफुल ,कागती प्रति के जी २८०,फुजि स्याउ प्रति के जी ३०० देखि ३२०,जुनार प्रति के जी ८० देखि ९०, र अनार प्रति के जी ३०० मुल्यमा किनवेच भएको छ ।
यसैगरि दुध प्रति लिटर ८०,दही प्रति लिटर १०० र घ्यू प्रति लिटर १००० मा खरीद विक्री भइरहेको कृषि उपज बजारसिन्धुलीका कम्प्युटर अप्रेटरअधिकारीले बताउनु भयो।पहिलेको भन्दा अहिले ३ प्रतिशतले घटेको अधिकारीले जानकारी दिनुभयो ।