शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा कोभिड विरुद्धको खोप अभियान बिहिवारदेखी संचालन हुने

बुधवार , पौष १४, २०७८

सिन्धुली–सिन्धुलीमा कोभिड विरुद्धको खोप अभियान संचालन हुने भएको छ । जिल्ला खोप समन्वय समिति सिन्धुलीको यहि पुस १२ गते बसेको बैठकले सिन्धुली जिल्लामा कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान संचालन हुने भएको हो । खोप कार्यक्रम यहि पुष १५ गते देखि १९ गते सम्म जम्मा ५ दिन संचालन हुने छ ।

१८ बर्ष वा सो भन्दा माथि उमेर समुहका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने र यस अघि भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रामा लगाउँन बाँकी रहेका सबै नागकिलाई खोप लगाइने छ । खोप कार्ड हेरि स्वास्थ्य मापदण्ड अपनाई खोप केन्द्र तोकी कोभिड १९ बिरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ । कोभिड १९ विरुद्धको खोप अभियान यस अघि स्वास्थ्य संस्थामा मात्र हुदै आएकोमा अब देखि उक्त खोप अभियान स्वास्थ्य संस्थाहरु बाहेक खोप लगाउँन छुट भएका स्थानमा खोप केन्द्रहरु तोकी कोरोना खोप लगाइने व्यवस्था गरिएको छ ।

हालसम्म कोभिड १९ विरुद्धको खोप लगाउँन छुट भएका सबै नागरिकहरुलाई पालिकाकाको पायक पर्ने स्थानमा खोप केन्द्र तोकी सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा खोप लगाइने छ । दोस्रो खोपको मात्रा लगाउन आउँनहरुको हकमा पहिलो मात्रा लगाएको कार्ड हेरी खोप कहिले लगाएको हो यकिन गरेर मात्र खोप लगाउँन आउँन जिल्ला स्थास्थ्य कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।

प्रतिक्रिया