शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा नेपाल र भारतको खेल हेर्ने क्रममा कुटाकुट

आइतवार , आश्विन ३१, २०७८

सिन्धुलीमा गएराति नेपाल र भारतबिचको फाइनल खेल हेर्ने क्रममा कुटाकुट भएको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका जिल्ला कमिटी सदस्य प्रकाश राई उर्फ ‘पिके’ को हात र टाउकोमा चोट लागेको जिल्ला अस्पताल सिन्धुली श्रोतले बताएको छ । उनको दाहिने हातको हड्डी भाँचिएको र टाउकोमा चोट लागेको श्रोतले बतायो ।

शनिबार साफ च्याम्पियनसिपको फाइनल खेल हेर्नेक्रममा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित कुडुलेको बिबिसि होटलमा राईमाथि हमला भएको एसपि थपलियाले जानकारी दिनुभयो । होटलका संचालक दिपेन्द्र बुढाथोकि फरार रहेको एसपि थपलियाले जानकारी दिनुभयो । उनको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात धुलिखेल अस्पताल रिफर गरिएको छ । थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख थपलयिाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया