शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा साढे ३९ हजार भन्दा बढीले कोरोना विरुद्ध खोप लगाए

शनिवार , आश्विन २३, २०७८

सिन्धुली – सिन्धुलीमा साढे ३९ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको पुर्ण खोप लगाएका छन् । जिल्लामा ३९ हजार ७ सय १८ जनाले कोरोना भाइरस विरुद्धको पुर्ण खोप पाएका हुन् । कोरोना विरुद्धको कोभिसिल्ड खोप ३ हजार ३ सय ६१ जनाले पुर्ण खोप लगाएका छन् ।

यस्तै ६ हजार २ सय १२ जनाले एस्ट्राजेनिका, १७ हजार ७ सय ९५ जनाले भेरोसेल र १३ हजार ३ सय ५० जनाले जोन्सन एण्ड जोन्सनको पुर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा हाल सम्म लगभग ७० हजार जनाले कोरोना विरुद्धको पहिलो मात्र खोप लगाएका छन् । कोरोना विरुद्धको पहिलो मात्र लगाउने ११ हजार ६ सय २४ जनाले कोभिसिल्ड, १ हजार ३ सय ८० जनाले एस्ट्रोजेनिका, ५६ हजार ९ सय ६८ जनाले भेरोसेल खोपको पहिलो मात्र लगाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया