शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा कोरोना संक्रमणका बिरामी फेरि वढ्न थाले

सोमवार , आषाढ २१, २०७८

सिन्धुली –सिन्धुलीमा कोरोना संक्रमणका बिरामी फेरि वढ्न थालेका छन् । एक साता अगाडी जिल्लामा संक्रमणको दर घटेको थियो । हाल जिल्लामा कोरोना संक्रमणका बिरामी वढ्न थालेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । हाल कोभिड अस्पतालमा विरामीको चाप वढेको उहाँले जानकारी दिनुभयो । कोभिड अस्पतामा एक साता अगाडी ३ जना मात्र उपचारत रहेका थिए ।

हाल ९ जना कोरोनाका जटिल विरामी कोभिड अस्पतालमा उपचारत रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । आइताबार ३५ जनाको कोरोना परिक्षण गर्दा ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । हाल ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा एक साता अगाडीबाट पिसिआर परिक्षण गर्ने मेसिन विग्रिएको छ । जिल्लामा निषेधाज्ञा खुकुलो बनाए सँगै तेस्रो लहरको कोराना संक्रमणको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । निषेधाज्ञा खुकुलो बनाएकाले नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन छोडेको कारण संक्रमण फेरि फैलिन थालेको अध्यक्ष पोखरेले बताउनुभयो ।

जिल्लाको ग्रामिण भेगका नागरिकमा वढी संक्रमण पुष्टि भइरहेको उहाँको भनाई छ । बालबालिका, जेष्ठ नागरिक र गर्भवती महिला वढी जोखिममा रहेकाले सचेत रहन उहाँले अनुरोध गर्नु भयो । साथै अध्यक्ष पोखरेलले जिल्लामा कोरोना संक्रमितको विरामी वढ्न थालेकाले सर्तकता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गर्नु भएको छ ।

सिन्धुलीमा कोरोना भाईरसको दोस्रो लहर सुरुभए पश्चात कोरोना संक्रमित हुनेको संख्या २ हजार २ सय ३७ पुगेको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । अहिलेसम्म पिसिआर बिधिमार्फत परिक्षण गरिएको मध्य १ हजार ७ सय ४२ र एन्टिजेण्ट मार्फत परिक्षण गरिएको मध्य ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीमा आइतवार सम्म ३ हजार ४ सय ३५ जनाको पिसिआर बिधि मार्फत कोरोना परिक्षण गरिएको छ भने १ हजार ८ सय २४ जनाको एन्टिजेन्ट मार्फत कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया