शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका दुई युवाले चितुवाको छाला बेच्न खोजेपछि......

शनिवार , आषाढ १२, २०७८

सिन्धुलीका दुई युवाले शुक्रबार दिउँसो अवैद्य रुपमा चितुवाको छाला ओसारपसार गरिरहदा प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको मरिण गाउँपालिका वडा नं.३ सिरटोल का सुशिल कुमार बाईबा र घ्याङलेख गाउँपालिका वडा नं. १ अमलेका कान्छाराम बाईबालाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी छ लाख रुपैँयामा बिक्रीबितरण भइहेको खबर प्रहरीले प्राप्त गरिसकेको थियो । सूचना पाउनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुमाथि निगरानि बढाएको थियो । नभन्दै, उनीहरु शुक्रबार दिउँसो साढे दुईबजे काठमाडौँ महानगरपालिका वडा नं १५ स्वयम्भुमा देखिए ।

महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले खानतलासि गर्दा उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गर्यो । मरिणका ३२ वर्षिया सुशिल र घ्याङलेखका कान्छाराम काठमाडौँमा बस्दै आएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन अनुसार ध्वाँसे चितुवा मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको प्रावधान छ ।

चितुवाको हकमा २० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । बरामद भएको छाला कुन चितुवाको हो भन्ने खुलाईएको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया