काठमाडौं ०९ असार नेपाल टेलिकम(एनटीसी)को स्टिममा समस्या आएका कारणले विहान साढे ६ बजेदेखि मोबाइल फोनमा समस्या आएको छ । जीएसम मोबाइल स्टिममा समस्या आएकाले विहानैदेखि मर्मतमा प्राविधिक खटिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । केन्द्रीय जिएसएम प्रणालीमा समस्या आएकोले विहानै देखि मोबाइल फोनमा फोन आउने र जानेमा समस्या भएको उनले जानकारी दिए ।
सिन्धुलीको मरिण गाउँपालिकामा ५२ करोड ४० लाख २५ हजार रुपैयाको बजेट सार्बजनिक
सिन्धुली, – सिन्धुली जिल्लामा स्थानीय तहले आगामी आर्थिक बर्ष ०७८/.०७९ को नीति तथा कार्यक्रम र बजेट समयमा नै ल्याउन सुरु गरेका छन् ।
जिल्लाका नौँ वटा स्थानीय तह मध्ये मरिण गाउँपालिकाले मंगलबारदेखि सुरु भएको नबौं गाउँसभामा उक्त कार्यक्रम र बजेट सार्बजिनक गरेको छ । आगामी आर्थिक बर्ष ०७८\७९ को नीति तथा कार्यक्रम र बजेट अन्य पालिका मध्ये कमलामाई नगरपालिकाले बुधबार र बाँकी स्थानीय तहले असार १० गते सार्बजनिक गर्ने तयारी गरेका छन् ।
कानूनीरूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधान अनुसार जिल्लाका स्थानीय तहले उक्त कार्यक्रम र बजेट समयमा नै ल्याउन सुरु गरेका हुन् । मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै ५२ करोड ४० लाख २५ हजार रुपैयाको बजेट सार्बजनिक गर्नु भयो ।
उहाँले कोरोना महामारी बीचमा पनि वडास्तरबाट आएको सल्लाह, सुझाब र योजना छनौटलाई ध्यान दिदै आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको बताउनुभयो । मरिण गाउँपालिकाले भने सङघिय सरकारको सिको गर्दै साउन १ गतेदेखि लागू हुने गरी दिदै आएको मँहगी भत्तालाई गाभेर दुई हजार रुपैया कर्मचारीको तलब बृद्धि गरेको छ ।
गाउँपालिका अनुसार वस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा बजेट निर्माण गरिएको छ । महिला, दलित, जनजाती, अपांगता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटिएको छ । मरिण गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रलाई बजेटमा बढी प्राथमिकता दिएको जनाएको छ ।
कमलामाई नगरपालिकाले भने आगामी बर्षका लागि एक अर्ब नौ करोड ४४ लाख रुपैयाको बजेट ल्याउने तयारी गरेको छ । मेयर खड्गबहादुर खत्रीले बुधबार आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने र बिहिबार (असार १० गते) बजेट सार्बजनिक गरिने बताउनुभयो ।
त्यस्तै जिल्लाका अन्य पालिकाले पनि आगामी आर्थिक बर्षका लागि नीति तथा योजना र बजेट तर्जुमा गर्न छलफल भई रहेको जनाएका छन् । असार १० गते नीति तथा योजना र बजेट सार्बजनिक गर्ने तयारी भई रहेको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।
यो बर्ष स्थानीय तहले कोरोना भाईरसको महामारीलाई नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको पनि जनाएका छन् ।