शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा धान फल्ने खेत मा सेर बेसार खेती

आइतवार , जेठ २३, २०७८

सिन्धुली– बेसारको महिमा बढ्दै गएपछि सिन्धुलीको दुधौली नगरपालिका–११ टा“डीका किसान पूर्णबहादुर बिश्वकर्माले एक बिगाह १० कठ्ठा जमिनमा बेसार खेती शुरु गरेका गर्नु भएको छ ।

स्थानीय सहकारीले बेसार खरिद गरि निर्यात गर्न थालेपछि बजारको स मस्या नहुने भन्दै किसान विश्वकर्माले बेसार खेती शुरु गर्नु भएको हो । धान र कोदो फल्ने बारीमा सबै बेसार लगाएको किसान विश्वकर्माले बताउनुभयो ।

आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने बारीमा बेसार राम्रो हुने कृषि प्राविधिकको सल्लाह लिएर खेती शुरु गरेको भन्दै किसान विश्वकर्माले धान एक मुरी उत्पादन हुने खेतबारीमा बेसार दुइ क्विन्टलसम्म उत्पादन हुने सुनाउनुभयो । बेसार प्रतिकिलो तीनसय देखि पा“च सयसम्म सजिलै विक्री हुने किसान विश्वकर्माको भनाइ छ । बेसार विक्री गरेर वार्षिक तीन लाखसम्म आम्दानी लिने गरेको किसान विश्वकर्माले सुनाउनु भयो ।

किसानहरु पनि अर्गानिक बेसार खेती गर्दा धान र मकै बालीको तुलनामा झण्डै तेब्बरले फाईदा हुने र ज्यामी एवं ज्याला समेत थोरै लाग्ने बताउ“छन् । दुधौली नगरपालिका–९ मा प्रसोधन गर्ने उद्योग खुलेस“गै किसानलाई बेसार खेती गर्न सजिलो र आकर्षण बढेको स्थानीयको भनाई छ ।

स्थानीय ग्रामिण सहकारीका अध्यक्ष खुपेन्द्र भण्डारीका अनुसार प्रशोधन उद्योग खुलेस“गै किसानले १५ बिगाहा जमिनमा बेसार खेती शुरु गरेका छन् । व्यापारीले प्रति तीन सय र गाउ“घरमा मानाको सय रुपैया“मा उद्योगबाटै अर्गानिक बेसारको धुलो बिक्रि हुदै आएको छ ।

कोरोनाको समयमा बेसार खरिद गर्न स्थानीयकै हारालुछ हुने गरेको छ । उत्पादित बेसार विक्री नभएर टाउकोमा हात लगाउनु पर्ने अवस्था नरहेको सहकारी अध्यक्ष भण्डारीका भनाइ छ । व्यवसायिक बेसारखेती दुधौलीका अलावा कमलामाइ नगरपालिका, मरिण, हरिहरपुर, तीनपाटन गाउ“पालिकामा समेत हुने गरेको छ ।

प्रतिक्रिया