सिन्धुली – सिन्धुली जिल्लामा कोभिड १९ बिरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छु टेकालाई पुनः खोप लगाईने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले शुक्रबार एक सूचना जारी गरी जिल्लाबासीलाई उक्त खोप लाउन आउन जानकारी गराएको हो । उक्त खोप यसअघि पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकालाई पुन ः खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख जितन्द्र साहले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत २०७७ फागुन २३ गते अगाडी पहिलो प्राथमिकतामा परि दोस्रो मात्रा लिन छुट भएकालाई मात्र उक्त खोप लगाईने बताउनुभयो ।
उहाँले उक्त खोप सञ्चालनका लागि जिल्लाका नौ वटा स्थानीय तह मध्ये हरिहरपुरगढी, गाउँपालिका बाहेक आठ वटा पालिकामा एक÷एक खोप केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार कमलामाई नगरपालिकाका लागि सिन्धुली अस्पतालमा २०७८ जेठ १६ र १७ गते उक्त खोप लगाईउने व्यवस्था मिलाईएको छ ।
त्यस्तै दुधौली नगरपालिकाका लागि दुधौली स्वास्थ्य चौकीमा, मरिण गाउँपालिकाको लागि कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा, घ्याङलेख गाउँपालिकाको लागि बस्तिपुर स्वास्थ्य चौकीमा, सुनकोसी गाउँपालिकाको लागि झागाझोली रातमाटा स्वास्थ्य चौकीमा, गोलन्जोर गाउँपालिकाको लागि ग्वाल्टार स्वास्थ्य चौकीमा, फिक्कल गाउँपालिकाको लागि गाउँपालिका भवन खाङसाङमा र तीनपाटन गाउँपालिकाको लागि लाम्पन्टार प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ १७ गते उक्त खोप लगाईउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।
उक्त खोप लगाउन आउदा पहिलो मात्रा लगाएको खोपकार्ड र आफ्नो फोटो सहित परिचय खुल्ने कागजात लिएर आउनु पर्ने कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

टमाटरको एउटा बोटबाट नौ महिनासम्म आम्दानी
बिजयछाप(सिन्धुली), – एउटा बोट टमाटरबाट नौ महिनासम्म आम्दानी लिएपछि गोलन्जोर गाँउपालिका–५ बिजयछापका किसान बिजय श्रेष्ठले यो बर्ष १० वटा प्लाष्टिकका घरमा सिर्जना जातको बे मौसमी टमाटर खेती गर्नु भएको छ ।
उहाँले फागुनको अन्तिमदेखि सुरु गरेको टमाटर खेती अबको दुई सातामा बिक्रीका लागि बजारमा लैजान टमाटर तयार हुदैछ । “हेरचाह पुर्यायो भने एउटा बोट टमाटरले नौ महिनासम्म आम्दानी दिदो रहेछ,” उहाँले आफ्नो अनुभव सुनाउदै भन्नुभयो, “गत बर्ष मैले असारबाट आम्दानी लिन थालेको थिए, ती बोट बुढो भएर फागुन महिनादेखि आम्दानी दिन छाडेपछि झण्डै ७० हजार रुपैया लगानी गरी लगत्तै फागुन अन्तिमतिर नै नया बिरुवा लगाए । अब आम्दानी दिन ठिक्क परेका छन् ।”
अहिले कोरानाको सं क्रमणलाई नि यन्त्रण गर्न लगाएको निषेधाज्ञा बढ्दै गयो भने बिक्रीका लागि समस्या पर्ने हो की भन्ने चि न्ता पनि त्यत्तिकै छ । अहिले आफ्नो दैनिक नै त्यही टमाटर खेतीको गोडमेल र हेरचाहमा बित्ने गरेको उहाँले सुनाउनुभयो ।
कोरोनाका कारण ल कडाउन भएपछि आफुले गत बर्षदेखि प्लाष्टिकको घर भित्र बेमौसमी टमाटर खेती गरेको उहाँले जानकारी दिनुभयो । टमाटर व्यवसायि श्रेष्ठले भन्नुभयो, “टनेलभित्र गरेको गोलभेडा खेती गरी खाने मेसो बनेको छ । बिहान जुरुक्क उठेदेखि बेलुका झिमिक्क रात नपरुन्जेल गोलभेडाको बोटलाई नै सुम्सुम्याउदै दिन बित्ने गरेको छ ।”
गत बर्ष गोलभेडाको बोट सुम्सुम्याउदा दैनिक दुई हजार रुपैयाभन्दा बढी आम्दानी पनि भएको र यो बर्ष पनि त्यही आसाले उक्त टमाटर खेतीलाई निरन्तरता दिएको उहाँले भन्नुभयो । गत बर्ष बैशाखमा पाँच लाख रुपैया लगानी गरी १० वटा प्लाष्टिकका घर (टनेल) हालेर गोलभेडा खेती सुरु गरेको उहाँको भनाई छ ।
किसान श्रेष्ठ भन्नुहुन्छ, “टमाटरको हेरचाह गर्दैमा फुर्सद छैन । टनेल भित्र पसेपछि दिन बितेको पत्तै हुदैन । गत बर्ष टमाटर खेतीबाट सात लाख रुपिया आम्दानी लिएको थिए ।” सदरमुकाम सिन्धुलीमाढीस्थित ढुंग्रेबास बजारमा आफ्नै घरमा झण्डै पाँच बर्ष होटल व्यवसाय गर्दा राम्रोसँग नचलेपछि जन्मथलो बिजयछाप आई गोलभेडा खेती गरेको किसान श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फल लाग्दै माथि गएपछि बोटको तलका पात पनि काट्दै जानु पर्छ, गोडमेल पनि गरि रहनु प¥यो । त्यत्तिकै आम्दानी लिन कहाँ सजिलो छ र ?” दैनिक रुपमा ८०÷९० केजी गोलभेडा खेती उत्पादन गरेका र व्यापारी टनेलमा नै आएर ७० रुपैयासम्ममा किनेर लैजाने गरेको उहाँको गत बर्षको अनुभव छ । सिर्जना जातको गोलभेडाले हावापानी र हेरचाह मिल्यो भने एक बर्षसम्म उत्पादन दिने बताईएको छ । “उत्पादन भएको गोलभेडा बिक्री गर्न भने कुनै समस्या छैन । गाँउघरमा पनि फाट्टफुट्ट जान्छ । नत्र व्यापारी घरमा नै आएर उठाउछन्,” उहाँले थप्नुभयो ।
स्थानीय तहले किसानलाई दिने अनुदानप्रति भने उहाँको गुनासो छ । काम नै नगरी कागज मिलाउने किसानले अनुदान खाई रहेका र तर दिनरात पसिना बगाई मिहेनत गर्ने व्यवसायिक किसान भने उक्त सुविधाबाट बञ्चित भएको उहाँको भनाई छ ।
किसान श्रेष्ठले भन्नुभयो, “अनुदान सहयोग कागजमा काम गर्नेले खाने हो । जस्ते काम गरेर फुर्सद पाएको छैन, त्यसले पाएको छैन ।” उहाँका पिता बिष्णुबहादुर श्रेष्ठ जिल्लामै जुनार खेती गर्ने पहिलो व्यवसायिक किसान हुनुहुन्छ ।